२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

स्वास्थ्यकर्मीलाई एकमुष्ट कोराना भत्ता दिन्छौं : मुख्यमन्त्री शाही

१८ जेष्ठ २०७८, मंगलवार ०५:५२

जेठ १८, कर्णाली (रासस)। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोरोना भत्ता एकमुष्ट उपलब्ध गराउने बताउनुभएको छ । जिल्ला विपद् व्यवस्थापन समिति कालीकोटको बैठकमा सहभागी हुनुभएका मुख्यमन्त्री शाहीले सोमबार जिल्ला अस्पताल कालिकोटका चिकित्सक तथा स्वास्थ्यकर्मीसँग छलफल गर्ने क्रममा उनीहरूले उपलब्ध गराईदिन अनुरोध गरेका थिए । सो क्रममा उहाँले प्रदेशका सबै स्वास्थ्यकर्मीलाई गत र चालु आवको भत्ता एकमुष्टरूपमा तत्काल उपलब्ध गराउने विश्वास दिलाउँदै जोखिम भत्ता पाएनौं भन्ने समस्या चिर्ने बताउनुभएको थियो ।

छलफलको क्रममा अस्पतालका निमित्त प्रमुख कटक महतले १४३ जना कर्मचारी दरबन्दीको आवश्यक मागपत्र मुख्यमन्त्री शाहीलाई बुझाउँदै आइसीयु सञ्चालन गर्न जनशक्ति व्यवस्थापन लागि आग्रह गर्नुभएको थियो । मुख्यमन्त्री शाहीले स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्न सुझाउँदै आवश्यक व्यवस्थापन प्रदेश सरकारले गर्ने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, “तपाईहरू उच्च मनोबलका साथ काम गर्नुहोस् प्रदेश सरकार चिकित्सक र स्वास्थ्यकर्मीकै साथमा छ । कुराभन्दा पहिला काम गर्नुहोस् । बिजुली छैन, सोलार जडान गरिहाल्नुस् त्यसमा लाग्ने आवश्यक रकमको सहयोग प्रदेश सरकारले गर्छ ।”

विशेषगरी स्वास्थ्य पूर्वाधार तथा विकास योजना अनुगमनका लागि गृह जिल्ला पुग्नुभएका मुख्यमन्त्री शाहीले स्थानीय तहका प्रमुख/अध्यक्षलाई विपद् प्रतिकार्यका लागि वडास्तरमा स्वयंसेवक परिचालन गर्न मुख्यमन्त्रीको निर्देशन दिनुभएको छ । कोरोना महामारी जिल्लामा वर्षेनी प्राकृतिक प्रकोपबाट उत्पन्न हुने समस्याबारे समयमै सजग गराउन तथा तत्काल उद्धारमा सहयोग पुग्नेगरी प्रत्येक वडातहमा स्वयंमसेवक परिचान गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले अगाडि भन्नुभयो, “विपद्मा जनतालाई भित्र राखेर सेवक बाहिर हिड्नुपर्छ । प्रत्येक कर्मचारी, जनप्रतिनिधिलगायत सरोकारवाला निकाय कोरोना महामारी केन्द्रित बनौँ । सबै मिलेर महामारीको सामना गरौँ र जनतालाई आवश्यक राहात र दरिलो साथ दिऔँ ।”

निषेधाज्ञा कडा थप कडा गर्न निर्देशन दिनुभएका मुख्यमन्त्री शाहीले कोभिड नियन्त्रणको पहिलो प्राथमिकता जनचेतना भएको बताउँदै ती क्रियाकलापमा जोड दिन तथा अब बजेट कोरोना नियन्त्रण र रोजगारी सृजनामा केन्द्रित गर्न स्थानीय तहका प्रमुखलाई निर्देशन दिनुभयो । स्थानीय तहका प्रमुखले हालसम्म भोगिरहेको समस्याबारे जानकारी गराउँदै स्वास्थ्यकर्मी र आवश्यक स्वास्थ्य सामग्रीसहित बजेटको प्रबन्ध गरिदिन उहाँलाई आग्रह गरेका थिए । 

स्थानीय तहका प्रमुखले गाउँमा विवाह, वर्तबन्ध र मलामी जानेक्रम नरोकिएकाले कोरोना सङ्क्रमण नियन्त्रण गर्न थप चुनौति हुनुका साथै जनचेतना अभावले कोरोना परीक्षण गर्न समुदायका नागरिकले नमान्दा जटिलता भएको बताएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य