१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संवैधानिक इजलास सम्बन्धमा समाधान खोज्ने सहमति

१८ जेष्ठ २०७८, मंगलवार ०८:२१

जेठ १८, काठमाडौँ (रासस)। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र सर्वोच्च बार एशोसिएशनका पदाधिकारीबीच संवैधानिक इजलाससम्बन्धी विवादको दीर्घकालीन समाधान खोज्ने विषयमा सहमति भएको छ । प्रधानन्यायाधीश राणासँगको छलफलपछि पत्रकारसँग कुरा गर्दै सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले संवैधानिक इजलाससम्बन्धी विवादको समाधान खोज्ने विषयमा सहमति भएको जानकारी दिनुभयो ।

“संवैधानिक इजलास गठन सम्बन्धमा सहमति भएको छ, नियममै आवश्यकताका आधारमा परिवर्तन गरी वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने विषयमा सहमति भएको छ”, अध्यक्ष शाक्यले भन्नुभयो, “कुनै कन्फ्ल्क्टिस अफ इन्ट्रेष्ट भएमा वा स्वास्थ्यका कारणबाट बस्न नसक्ने भएमा त्यसभन्दा तहको न्यायाधीश राख्ने सहमति भएको छ ।”

बारका अध्यक्ष शाक्यसहित पदाधिकारीसँगको भेटमा प्रधानन्यायाधीश राणाले भविष्यमा पनि संवैधानिक इजलास गठन गर्दा विवादरहित ढंगले गर्न छलफल गर्नुभएको थियो ।  न्याय परिषद्बाट एक हप्ताभित्र संवैधानिक इजलास सञ्चालनसम्बन्धी नियमावली २०७२ संशोधन गरी सर्वोच्च अदालतको पूर्ण बैठकले पारित गर्ने विषयमा छलफल भएको जनाइएको छ ।   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ