२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले एकताको प्रयास गर्दा मविरुद्ध भ्रम फैलाइयो : गोकर्ण विष्ट

२०७८, २० जेष्ठ बिहीबार ०६:४१

जेठ २०, काठमाडौँ । नेकपा एमालेका नेता गोकर्ण विष्टले पार्टीको एकता जोगाउन प्रयासरत आफूविरुद्ध दुष्प्रचार भइरहेको गुनासो गरेका छन्।

‘नेकपा एमालेको एकता जोगाउन भइरहेको प्रयासलाई कमजोर पार्ने दुराशयले मेरो नामसमेत जोडेर केही सञ्चारमाध्यमहरूमा भ्रमपूर्ण समाचार प्रकाशित गरिएका छन्,’ बिहीबार बिहान वक्तव्य जारी गरी उनले भेनका छन्, ‘एकताका लागि गरिएका इमान्दारपूर्ण प्रयासहरूलाई कमजोर पार्न कसले, किन र कसका लागि यस्ता झुठा प्रचार गराउँदै छन्? समयले नै बताउला।’तर उनले आफूविरुद्ध के भ्रम फिँजाइयो भन्ने कुरा उल्लेख गरेका छैनन्।

पूर्वमन्त्रीसमेत रहेका नेता विष्टले एमाले पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउने आफ्नो अडान यथावत् रहेको पनि उल्लेख गरेका छन्।

‘पार्टी र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ गतेको पूर्ववत अवस्थामा फर्काएर राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको हितमा सही विचार र कार्यदिशा सहितको सबल एवं एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने हाम्रो चाहना हो,’ विष्टले भनेका छन्, ‘हामी यसमा निरन्तर प्रयत्नशील छौं। अन्तिमसम्म लागिरहनेछौं। पार्टीको सम्पूर्ण एकता नै हाम्रो विश्वास हो। हाम्रो अडान हो।’

विष्ट माधवकुमार नेपाल पक्षका नेता हुन् भने अहिले पार्टी एकता जोगाउन प्रयासरत भनिएका दोस्रो तहका नेतामा उनी पनि संलग्न छन्। आज एकै दिन दुवै (ओली–नेपाल) पक्षले अलग अलग बैठक राख्न लागेका बेला नेता विष्टले आफूविरुद्ध भ्रम फिँजाइएको वक्तव्य जारी गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह