१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजदूत नियुक्त गर्दा स्नातक अध्ययन नचाहिने बनाइयो, अधिकांश राजदुत राजनीतिक नियुक्ति

२३ जेष्ठ २०७८, आईतवार ०३:११

जेठ २३, काठमाडौँ | गत महिना बिभिन्न देशको लागि ११ जना राजदुत चयन गर्दा स्नातक पास गरेको हुनुपर्ने प्रावधानलाई संसोधन गरिएको पाइएको छ । मन्त्रिपरिषद्ले विगतमा मन्त्री भइसकेका उम्मेदवारको नियुक्ति गर्दा स्नातक तहको अध्ययन नचाहिने निर्देशिका संशोधन गरेको हो ।

राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पहलमै पारित भएको थियो । अहिले पनि परराष्ट्रमन्त्रीमा ज्ञवालीनै छन् । उनले आफैले पास गरेको निर्देशिकालाई संसोधन गर्न लगाएका हुन् । २०७५ को निर्देशिका अनुसार राजनीतिक नियुक्ति पाएर राजदूत बन्ने व्यक्तिले कम्तीमा स्नातक तहको शिक्षा अध्ययन गरेको हुनुपर्ने र सम्बद्ध मुलुकका विषयमा भाषासहितका विषयमा जानकार हुनुपर्ने प्रावधान तोकिएको थियो ।


२०७५ को निर्देशिकालाई संसोधन गरेर विगतमा मन्त्री भइसकेका व्यक्तिहरुका हकमा स्नातक तह अध्ययन गरेको हुनु नपर्ने बनाइएको छ । त्यसो त गत महिना भएको राजदुत नियुक्तिमा कूटनीतिक तथा राजनीतिक नियुक्तिमा ५०/५० प्रतिशत अनुपातमा बाँडेर सिफारिस गरिने प्रबन्धलाई समेत मिचेर ११ जना राजदुतमा ९ जना राजनीतिक नियुक्तिबाट राजदुत नियुक्त गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ