१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब ओली सरकारको मन्त्रिमण्डलमा प्रदेश-२ बाट मात्र ५६ प्रतिशत मन्त्री

२७ जेष्ठ २०७८, बिहीबार ०९:३३

जेठ २७, काठमाडौँ | ओली सरकारको मन्त्रीमण्डलमा प्रदेश २ बाट मात्र ५६ प्रतिशत मन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज फेरि मन्त्रिपरिषद विस्तार गरेपछि प्रदेश २ बाट मात्र मन्त्री बन्नेको संख्या १४ पुगेको छ ।

एमाले सरकारमा राजपाका नेताहरूलाई सन्तुष्ट पार्ने क्रममा मन्त्रीपद बाड्दाबाड्दै कुल २५ सदस्यीय मन्त्रीमण्डलमा बहुमत मन्त्रीहरु प्रदेश २ बाट बनेका हुन् । पछिल्लो पटक मन्त्री बनेकाहरू अधिकांश प्रदेश नम्बर २ का रहेका छन् ।

ओली सरकारको मन्त्रीमण्डलमा गृहमन्त्रीमा एमालेका खगराज अधिकारी, सञ्चार मन्त्रीमा बादलपत्नी नैनकला थापा, कृषि मन्त्रीमा ज्वालाकुमारी साह, वनमन्त्रीमा नारदमुनि राना, विना विभागीय मन्त्रीमा मोहन बानियाँ, उद्योग मन्त्रीमा राजपाका राजकिशोर यादव, सामान्य प्रशासन मन्त्रीमा गणेश पहाडी र वन राज्यमन्त्रीमा आशा विक थपिएका छन् । 

यसअघि गत जेठ २१ गते प्रधानमन्त्री ओलीले राजपाका एक उपप्रधानसहित १० मन्त्रीहरूसमेटेर मन्त्रिमण्डल पुनर्गठन गरेका थिए।

प्रदेश २ बाट मन्त्री हुनेहरुमा जसपाबाट राजेन्द्र महतो उपप्रधान तथा सहरी विकास मन्त्री, शरदसिंह भण्डारी ऊर्जा मन्त्री, अनिलकुमार झा खानेपानी मन्त्री, लक्ष्मणलाल कर्ण भूमि सुधार मन्त्री, एकवाल मियाँ खेलकुद मन्त्री, विमल श्रीवास्तव श्रममन्त्री, उमाशंकर अरगरिया, पर्यटन मन्त्री, चन्दा चौधरी महिला तथा बालबालिका मन्त्री, रेनुका गुरूङ महिला राज्यमन्त्री र चन्द्रकान्त चौधरी ऊर्जा राज्यमन्त्री बनाएका थिए । त्यस्तै जेठ २१ रघुवीर महासेठलाई उपप्रधानमन्त्री बनाईएको थियो । त्यस्तै लीलानाथ श्रेष्ठ कानुन मन्त्री बनाइएका थिए । महासेठ र श्रेष्ठ पनि प्रदेश २ कै हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक