१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा पुनः हटाइए

२८ जेष्ठ २०७८, शुक्रबार ०९:५७

जेठ २८, गण्डकी (रासस) । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई सो पार्टीले पुनः हटाएको छ ।  गण्डकी प्रदेश सभाको आजको बैठकमा सभामुख नेत्रनाथ अधिकारीले राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालय तथा गण्डकी प्रदेश संसदीय दलको आजैको मितिको पत्र अनुसार राष्ट्रिय जनमोर्चाका तर्फबाट बाग्लुङ जिल्ला निर्वाचन क्षेत्र नं १ (ख) बाट प्रत्यक्ष निर्वाचित कृष्ण थापालाई नेपालको संविधान २०७२, राजनीतिक दल सम्बन्धी ऐन २०७३, प्रदेशसभा नियमावली २०७४ बमोजिम प्रदेशसभा सदस्य पदबाट हटाइ उहाँको पद रिक्त गरिदिने व्यहोराको सूचना प्राप्त भएको बताउँदै राजनीतिक दल सम्बन्धी ऐन २०७३ को परिच्छेद ६ दफा ३५ को उपदफा १ बमोजिम प्रदेश सभामा जानकारी गराउनुभयो ।

यस अघि पहिलो पटक पार्टीको  निर्णय विपरित कार्य गरेको भन्दै प्रदेशसभा सदस्यबाट बर्खास्त हुनुभएका थापालाई सर्वाेच्च अदालतले पुर्नवहाली गर्न अन्तरिम आदेश दिएको थियो । उहाँको मुद्दा अदालतमा विचाराधिन छ ।

बिहिबार मुख्य मन्त्री पृथ्वीसुव्वा गुरुङले विश्वासको मत लिने क्रममा पार्टीका तर्फबाट विश्वासको मतका विपक्षमा मतदान गर्ने निर्णय गरेकोमा थापा भने तटस्थ बस्नुभएको थियो । आजको वैठकमा नेकपा एमालेले गण्डकी प्रदेश सभाको वैठक सञ्चालन सम्बन्धी नियमावली अनुसार मन्त्रीको उपस्थिति विना वैठक बस्न नसक्ने भएको भन्दै अवरोध गरेको छ । बिहिबार विश्वासको मतको निर्णय आइसकेपछि आजको प्रदेश सभाको वैठक आफूहरूसँग सल्लाह नगरी बोलाइएको सो पार्टीले जनाएको छ । अर्को वैठक जेठ ३० गते आइतबार १.०० बजे बस्ने सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ