१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल र अमेरिकाबीच नागरिकस्तरको सम्बन्ध अझै गाढा छ: राजदूत डा. खतिवडा

२० असार २०७८, आईतवार ०५:३४

मधुकर अधिकारी । असार २०, वाशिङ्टन डिसी (रासस)। अमेरिकाका लागि नेपालका राजदूत डा युवराज खतिवडाले अमेरिकी सरकारले कोभिडविरुद्धको लडाइँमा नेपाललाई पुर्याएको सहयोगप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, “सत्तरी वर्ष अगाडि नै अमेरिकीहरू नेपालमा गएर शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता आयोजनामा स्वयंसेवी भावले गर्नुभएको सहयोग स्मरणीय छ ।” 

शनिबार न्यूयोर्कमा आयोजित गैरआवासीय नेपाली सङ्घ (एनआरएन) राष्ट्रिय समन्वय समितिको दशौँ वार्षिक साधारणसभा तथा पदस्थापन समारोहमा राजदूत खतिवडाले अमेरिका र नेपालबीच राजनीतिक र कूटनीतिक तवरको भन्दा पनि नागरिकस्तरको सम्बन्धसमेत सुदृढ रहेको स्मरण गर्दै नेपाली मूलका अमेरिकी नागरिकलाई त्यसमा थप योगदान गर्न अपिल गर्नुभयो । 

खतिवडाले गैर आवासीय सङ्घको भावनालाई सम्बोधन गर्दै नेपालको संविधानले आर्थिक,सामाजिक र सांस्कृतिक अधिकार प्रदान गरेको बताउनुभयो । ‘एक पटकको नेपाली सधैँका लागि नेपाली’ भन्ने भावनालाई सम्बोधन गर्दै संविधानमा गरिएको व्यवस्थाअनुसार एनआरएनको मुद्दा र अपेक्षलाई ऐनमार्फत सम्बोधन गरिने समेत उहाँको भनाइ थियो । 

अमेरिकामा रहेका नेपालीहरूले यहाँको मूलधारको राजनीतिमा समेत सहभागिता जनाएर निर्वाचित भई सेवा गर्ने  अवसर पाउनु महत्वपूर्ण उपलब्धि भएकोप्रति राजदूत खतिवडाले खुशी व्यक्त गर्नुभयो । खतिवडाले गैरआवासीय नेपालीले आफूले हासिल गरेको बौद्धिक सीप र ज्ञानलाई मातृभूमिको विकासका लागिसमेत प्रदान गर्न आग्रह गर्नुभयो । 

कार्यक्रममा मेरिल्याण्ड जनरल एसेम्बलीका डेलिगेट ह्यारी भण्डारीले अमेरिका अवसरको भूमि भएकाले नेपाली मूलका अमेरिकीहरूलाई सहजपनबाट बाहिर आएर अमेरिकाको मूलधारमा समाहित हुन आग्रह गर्नुभयो । उहाँले अमेरिकामा रहेका नेपालीहरूले अझै धेरै काम गर्न बाँकी नै रहेको बताउनुभयो । 

गैरआवासीय नेपाली सङ्घका अध्यक्ष सुनिल शाहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अन्र्तराष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष डाबद्री केसी,उपाध्यक्ष सोनाम लामा, महिला उपाध्यक्ष रविना थापा,सचिव गौरी जोशी, उत्तर अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठी, जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्ट, प्रवासी मञ्चका प्रभु थापा, एनआरएन अमेरिकाका संरक्षक डा केशव पौडेल, पूर्वअध्यक्ष खगेन्द्र जिसी, नेजाका कार्यवाहक अध्यक्ष विकासराज न्यौपानेलगायत आआफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पठाउनुभएको शुभकामना सन्देश पढेर सुनाइएको थियो ।

यसैबीच समितिका नवनिर्वाचित कार्यसमितिले सोही समारोहमा शपथ ग्रहण गरेको छ । एनसिसी अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीको नेतृत्वमा रहेको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्त, महिला उपाध्यक्षमा दीक्षा बस्नेत, उपाध्यक्षमा सुमन थापा, सचिवहरूमा अनुप खनाल, सुनिता सापकोटालगायत बोर्ड सदस्य तथा शाखाका अध्यक्ष एवं पदाधिकारीहरूले शपथ ग्रहण गर्नुभएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक