१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने

२९ असार २०७८, मंगलवार ०६:४२

असार २९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्नुहुनेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहरदबारबाट उहाँले अपराह्न २ बजे सम्बोधन गर्ने उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सर्वोच्च अदालतले प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि आजदेखि ओली पदमुक्त हँुदै हुनुहुन्छ । उहाँले आजै प्रधानमन्त्रीको सरकारी निवास पनि  छाड्दै हुनुहुन्छ । 

विसं २०७४ फागुन ३ मा  नियुक्त  भएपछि नेकपा(एमाले) संसदीय दलका नेता ओली  तीन वर्ष चार महिना प्रधानमन्त्रीमा रहनुभएको थियो । यस्तै प्रधानमन्त्रीले अपराह्न सम्बोधन गर्ने भएपछि एमाले स्थायी कमिटी बैठक पनि स्थगन गरिएको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले आज अपराह्न १ बजे बोलाइएको बैठक स्थगन गरिएको जानकारी दिनुभयो । 

यसैबीच एमाले विवाद समाधान कार्यदलले आफ्नो सहमतिका बूँदा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई बुझाएको छ । यसअघि सोमबार अध्यक्ष ओलीलाई सो सहमति बुझाइएको थियो । नेता नेपालले पार्टी एकता अघि बढाउन आफू विपक्षी गठनबन्धनबाट अलग भएको जानकारी दिइसक्नुभएको  छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी