१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिने गठबन्धनको सहमति

१३ श्रावण २०७८, बुधबार ०९:५७

साउन १३, काठमाडौं । सत्तारुढ गठबन्धनले मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिने सहमति गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको गठबन्धनका शीर्ष नेताको बैठकमा चाँडो भन्दा चाँडो मन्त्रिमण्डल विस्तार गर्ने सहमति भएको नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभयो ।

बैठकमा सरकारका न्यूनतम् साझा कार्यक्रम ल्याउने, सरकारी नियुक्ती गर्दा गठबन्धनमा सरसल्लाह र सहमति गर्नेलगायत विषयमा छलफल भएको उहाँले बताउनुभयो । बैठकमा विभिन्न दलका शीर्ष नेताले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकार सञ्चालन सम्बन्धमा सुझाव दिनुभएको थियो । साथै सरकारका कामको समीक्षासमेत गरिएको थियो ।

बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा नेपाल र नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताको सहभागिता थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक