१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अध्यक्षसहित ३५ जिल्ला कमिटी सदस्य एकीकृत समाजवादीमा

१९ भाद्र २०७८, शनिबार १४:५३

भदौ १९, संखुवासभा | नेकपा (एमाले) सङ्खुवासभाका अध्यक्ष सहित ३५ जना जिल्ला कमिटी सदस्य नेकपा (एकीकृत समाजवादी) पार्टीमा खुलेका छन् । आज जिल्ला समन्वय समितिको सभाहलमा बसेको बैठकबाट उहाँहरूले एकीकृत समाजवादीलाई समर्थन गर्ने घोषण गरेका हुन् ।

जिल्ला कमिटी अध्यक्ष हेमराज घिमिरेसहित ३५ जिल्ला कमिटी सदस्यले एकीकृत समाजवादी रोजेका हुन् । नेकपा (एमाले) २६ सचिवालय सदस्यमध्ये १५ समाजवादीमा खुलेका छन् । सचिवालय सदस्य ऋषिकेशव चापागाईँ, कृष्णकुमार तामाङ, मानसिं पोखरेल, बद्री सापकोटा, सुमन शाक्य, केशरबहादुर महत, राजेन्द्र सुब्बा, योगराज गाउँले, डम्बरबहादुर श्रेष्ठ, केशकुमारी खत्री कार्की, डेगेश्वरी श्रेष्ठ, सरिता थापा खड्का, श्यामसुन्दर बोगटी, पदमकुमारी गु?ङ एकीकृत समाजवादी पार्टीमा लागेको हेमराज घिमिरेले बताउनुभयो ।

त्यसैगरी जिल्ला समन्वय समिति सुमन शाक्य, खाँदबारी नगरपालिका उप्रमुख डेगेश्वरी श्रेष्ठ, चैनपुर नगरपालिका उपप्रमुख मुना श्रेष्ठलगायत वडाध्यक्ष, सदस्यहरूको सनाखत गराउने तयारी भइरहेको जनाइएको छ । माधवकुमार नेपाल पक्षमा रहेका जिल्ला कमिटी उपाध्यक्ष भीम लिङ्खा भने अहिले कतै खुलेका छैनन् । एमाले पूर्वअध्यक्ष तथा केन्द्रीय लेखा समिति सदस्य उमेशकुमार डाँगी पनि एकीकृत समाजवादीमा लागेका छन् । प्रदेशसभा सदस्य सरिता थापा, पदमकुमारी गु?ङ समाजवादी पार्टीमा सनाखत गराइसकेका छन् ।

एकीकृत समाजवादीका बैठक सोमबारसम्म चल्ने घिमिरेले बताउनुभयो । तीन दिनसम्म बैठकले आगामी रणनीति तयार गर्ने एकीकृत समाजवादी सङ्खुवासभाले जनाएको छ । शनिबारबाट सु? भएको बैठक सोमबारसम्म चल्ने बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक