२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस महाधिवेशनःवडादेखि नै युवा नेतृत्व स्थापित

२०७८, २० भाद्र आईतवार १०:४१

पूर्णप्रसाद मिश्र । भदौ २०, काठमाडौँ (रासस)। राजनीतिप्रति युवा पुस्ता आकर्षित छैनन् भन्ने बुझाइलाई गलत सावित गर्दै भदौ १८ गतेदेखि शुरु भएको नेपाली कांग्रेसको वडा अधिवेशनमा युवा नेतृत्वमा स्थापित हुने क्रम बढेको छ ।

युवाको सक्रियता बुढापाकालाई नेता बनाउनेमा मात्र सीमित छैन । कति युवा आफैँ नेतृत्वमा स्थापित हुन थालेका छन् । ९० वर्षसम्मका क्रियाशील सदस्य हुने पार्टीका नेता कार्यकर्तामा १९ वर्षीय युवतीले वडा सभापति जीत हात पारेपछि सामाजिक सञ्जालमा बधाई दिनेको सङ्ख्या बढेको छ । सञ्जालमा धेरैले ‘अब देशमा केही हुन्छ’ भनी सकारात्मक सन्देश प्रवाह गरेका छन् ।

दैलेख जिल्ला दुल्लु नगरपालिका–३ को सभापतिमा १९ वर्षीय स्वस्तिका महत निर्वाचित भएपछि पार्टीका नेता कार्यकर्ता मात्र नभइ अन्य दल एवं क्षेत्रबाट पनि बधाई सन्देशको ओइरो लागेको हो । गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख कांग्रेस काठमाडौँ क्षेत्र नं ३ की सचिव शान्ति नेपालले सामाजिक सञ्जालमा लेख्नुभएको छ– ‘देशभरिका युवा तथा महिलालाई गतिलो सन्देश, महिला पनि नेतृत्व लिन तयार’ । 

केन्द्रीय सभापतिमा ६० पार गरिसकेका पाका नेताहरुले दाबी गरिरहनुभएका बेला पार्टीको सबैभन्दा तल्लो निकायमा १९ वर्षका युवा पुग्दा पार्टीमा क्रियाशील युवा समूहमा रक्तसञ्चार भएको छ । सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै महतले वडाका पार्टी नेता कार्यकर्ताले गरेको विश्वासलाई कायम राख्दै नमूनाका रुपमा काम गर्ने प्रतिक्रिया दिनुभएको छ । 

महत सम्भवतः देशभरका वडामा कान्छो सभापतिका रुपमा निर्वाचित हुनुभएको छ । युवा त्यसमा पनि महिला सानै उमेरमा राजनीतिक नेतृत्वमा पुग्नुलाई युगको सन्देशका रुपमा विश्लेषण गर्नेको सङ्ख्या पनि सामाजिक सञ्जालमा धेरै छ । रचनात्मक राजनीतिमा युवा अझै सक्रिय हुनुपर्ने आशयको पोष्ट पनि फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जालमा भएको छ ।

खेमराज बस्नेतले युवा विरक्तिएर विदेश पलायन भएका बेला १९ वर्षीया युवती पार्टीको वडा तहको नेतृत्व लिन सफल हुनुले सकारात्मक सन्देश दिएको सामाजिक सञ्जालमा लेख्नुभएको छ । महतलाई सामाजिक सञ्जालमा बधाई दिने पनि धेरै छन् । धेरै सञ्चारमाध्यमले यो विषयलाई प्राथमिकताका साथ समाचारमा समेटेका छन् । नरेशप्रसाद जोशीले सामाजिक सञ्जालमा ‘केही गर्न सकिदैन, परिवार गरिब छ, राजनीति धनीले गर्ने हो, हामी केटी मान्छे चार जनाको अगाडि बोल्न त लाज मान्छौँ, यी र यस्तै यावत् चिन्तामा रहनुभएका दिदीबहिनी र महिलामित्रको लागि प्रेरणाको खम्बा सावित भइन् स्वस्तिका महत’ भन्ने वाक्यांश लेख्नुभएको छ ।

बाँकेको नेपालगञ्ज मेडिकल कलेजबाट हेल्थ असिस्टेन्ट (एचए) गरेर फर्कनुभएकी महत बाबु स्वर्गीय भूपेन्द्र महतको राजनीतिक इच्छा पूरा गर्न राजनीतिमा प्रवेश गर्नुभएको हो । दैलेख कांग्रेसको उपसभापति भइसक्नुभएका भूपेन्द्रको राजनीतिबाट समाज रुपान्तरण गर्ने अभियान पूरा गर्न आफू राजनीतिमा लागेको उहाँको भनाइ छ । 

यसैगरी अछामको मङ्गलसेन नगरपालिका–१६ मा पनि २२ वर्षीय युवती वडा सभापति निर्वाचित भएको समाचार सार्वजनिक भएको छ । मङ्गलसेन नगरपालिका–१६ मा जानकी रावल (भण्डारी) सभापति निर्वाचित हुनुभएको हो । दैलेख र अछामका अन्य वडामा पनि युवा नेतृत्व निर्वाचित भएको कांग्रेसले जनाएको छ । लामो समयदेखि नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दलको महाधिवेशन नभएकाले पनि युवा विद्यार्थी कांग्रेसकै महाधिवेशनमा उम्मेदवार बन्न थालेका छन् । राजनीतिका माध्यमबाट समाजमा केही गरेर देखाउने सोच बनाएका युवालाई पार्टीको सबै तहको नेतृत्वमा स्थान दिनुपर्ने कांग्रेस काठमाडौँका नेता बुद्धिमान तामाङले बताउनुभयो ।

लोकतन्त्रको पर्याय दाबी गरेपनि कांग्रेसले समयमा पार्टी र भ्रातृ एवं शुभेच्छुक संस्थाको स्वस्थ अधिवेशनसमेत नगराएको टिप्पणी हुने गरेको छ । वडा तहसम्म लोकतान्त्रिक अभ्यासलाई तीव्रता दिन पनि युवा पुस्ता सक्रिय राजनीतिमा आउनुपर्ने धारणा प्रबल बन्न थालेको उहाँले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह