१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस महाधिवेशनःवडादेखि नै युवा नेतृत्व स्थापित

२० भाद्र २०७८, आईतवार १०:४१

पूर्णप्रसाद मिश्र । भदौ २०, काठमाडौँ (रासस)। राजनीतिप्रति युवा पुस्ता आकर्षित छैनन् भन्ने बुझाइलाई गलत सावित गर्दै भदौ १८ गतेदेखि शुरु भएको नेपाली कांग्रेसको वडा अधिवेशनमा युवा नेतृत्वमा स्थापित हुने क्रम बढेको छ ।

युवाको सक्रियता बुढापाकालाई नेता बनाउनेमा मात्र सीमित छैन । कति युवा आफैँ नेतृत्वमा स्थापित हुन थालेका छन् । ९० वर्षसम्मका क्रियाशील सदस्य हुने पार्टीका नेता कार्यकर्तामा १९ वर्षीय युवतीले वडा सभापति जीत हात पारेपछि सामाजिक सञ्जालमा बधाई दिनेको सङ्ख्या बढेको छ । सञ्जालमा धेरैले ‘अब देशमा केही हुन्छ’ भनी सकारात्मक सन्देश प्रवाह गरेका छन् ।

दैलेख जिल्ला दुल्लु नगरपालिका–३ को सभापतिमा १९ वर्षीय स्वस्तिका महत निर्वाचित भएपछि पार्टीका नेता कार्यकर्ता मात्र नभइ अन्य दल एवं क्षेत्रबाट पनि बधाई सन्देशको ओइरो लागेको हो । गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख कांग्रेस काठमाडौँ क्षेत्र नं ३ की सचिव शान्ति नेपालले सामाजिक सञ्जालमा लेख्नुभएको छ– ‘देशभरिका युवा तथा महिलालाई गतिलो सन्देश, महिला पनि नेतृत्व लिन तयार’ । 

केन्द्रीय सभापतिमा ६० पार गरिसकेका पाका नेताहरुले दाबी गरिरहनुभएका बेला पार्टीको सबैभन्दा तल्लो निकायमा १९ वर्षका युवा पुग्दा पार्टीमा क्रियाशील युवा समूहमा रक्तसञ्चार भएको छ । सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै महतले वडाका पार्टी नेता कार्यकर्ताले गरेको विश्वासलाई कायम राख्दै नमूनाका रुपमा काम गर्ने प्रतिक्रिया दिनुभएको छ । 

महत सम्भवतः देशभरका वडामा कान्छो सभापतिका रुपमा निर्वाचित हुनुभएको छ । युवा त्यसमा पनि महिला सानै उमेरमा राजनीतिक नेतृत्वमा पुग्नुलाई युगको सन्देशका रुपमा विश्लेषण गर्नेको सङ्ख्या पनि सामाजिक सञ्जालमा धेरै छ । रचनात्मक राजनीतिमा युवा अझै सक्रिय हुनुपर्ने आशयको पोष्ट पनि फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जालमा भएको छ ।

खेमराज बस्नेतले युवा विरक्तिएर विदेश पलायन भएका बेला १९ वर्षीया युवती पार्टीको वडा तहको नेतृत्व लिन सफल हुनुले सकारात्मक सन्देश दिएको सामाजिक सञ्जालमा लेख्नुभएको छ । महतलाई सामाजिक सञ्जालमा बधाई दिने पनि धेरै छन् । धेरै सञ्चारमाध्यमले यो विषयलाई प्राथमिकताका साथ समाचारमा समेटेका छन् । नरेशप्रसाद जोशीले सामाजिक सञ्जालमा ‘केही गर्न सकिदैन, परिवार गरिब छ, राजनीति धनीले गर्ने हो, हामी केटी मान्छे चार जनाको अगाडि बोल्न त लाज मान्छौँ, यी र यस्तै यावत् चिन्तामा रहनुभएका दिदीबहिनी र महिलामित्रको लागि प्रेरणाको खम्बा सावित भइन् स्वस्तिका महत’ भन्ने वाक्यांश लेख्नुभएको छ ।

बाँकेको नेपालगञ्ज मेडिकल कलेजबाट हेल्थ असिस्टेन्ट (एचए) गरेर फर्कनुभएकी महत बाबु स्वर्गीय भूपेन्द्र महतको राजनीतिक इच्छा पूरा गर्न राजनीतिमा प्रवेश गर्नुभएको हो । दैलेख कांग्रेसको उपसभापति भइसक्नुभएका भूपेन्द्रको राजनीतिबाट समाज रुपान्तरण गर्ने अभियान पूरा गर्न आफू राजनीतिमा लागेको उहाँको भनाइ छ । 

यसैगरी अछामको मङ्गलसेन नगरपालिका–१६ मा पनि २२ वर्षीय युवती वडा सभापति निर्वाचित भएको समाचार सार्वजनिक भएको छ । मङ्गलसेन नगरपालिका–१६ मा जानकी रावल (भण्डारी) सभापति निर्वाचित हुनुभएको हो । दैलेख र अछामका अन्य वडामा पनि युवा नेतृत्व निर्वाचित भएको कांग्रेसले जनाएको छ । लामो समयदेखि नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दलको महाधिवेशन नभएकाले पनि युवा विद्यार्थी कांग्रेसकै महाधिवेशनमा उम्मेदवार बन्न थालेका छन् । राजनीतिका माध्यमबाट समाजमा केही गरेर देखाउने सोच बनाएका युवालाई पार्टीको सबै तहको नेतृत्वमा स्थान दिनुपर्ने कांग्रेस काठमाडौँका नेता बुद्धिमान तामाङले बताउनुभयो ।

लोकतन्त्रको पर्याय दाबी गरेपनि कांग्रेसले समयमा पार्टी र भ्रातृ एवं शुभेच्छुक संस्थाको स्वस्थ अधिवेशनसमेत नगराएको टिप्पणी हुने गरेको छ । वडा तहसम्म लोकतान्त्रिक अभ्यासलाई तीव्रता दिन पनि युवा पुस्ता सक्रिय राजनीतिमा आउनुपर्ने धारणा प्रबल बन्न थालेको उहाँले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक