२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

एमालेलाई जेठ २ मा फर्काउने प्रयास, विरोध र असन्तुष्टि कायमै

२०७८, २६ भाद्र शनिबार १०:३३

न्युज कारखाना | भदौ २६, ओखलढुंगा | नेकपा एमालेको केन्द्रीय सर्कुलरअनुसार जिल्ला कमिटी ओखलढुंगालाई २ जेठ मा फर्काउने प्रयास शुरु भएको छ । नेकपा गठन हुनुपूर्वको एमालेको जिल्ला कमिटीको बैठक राखेर त्यसको शुरुवात् गरेको केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज यज्ञराज सुनुवारले जानकारी दिए ।

केन्द्रको सर्कुलरअनुसार आयोजना गरिएको बैठकमा भने जिल्ला कमिटीका बहुमत सदस्यमात्र उपस्थित भएका थिए । सर्कुलर कार्यान्वयन र जिम्मेवारीका सन्दर्भमा असहमत नेताहरु भने बैठकमा उपस्थित भएनन् । 

यद्यपि बैठकले एमाले र माओवादी एकीकरण पूर्वको स्थानीय तह र जिल्लाको संरचना सक्रिय बनाउने निर्णय गरेको छ । एमालेको माधव समूहका सचिव र ओली समूहका समानान्तर कमिटीका सचिव बैठकमा सहभागी भएनन् । 

माधव समूहमा रहेका सचिव हर्कबोल राई र ओली समूहले बनाएका सचिव तीर्थ सुवेदी दुवै बैठकमा अनुपस्थित थिए । बाहिर स्वास्थ्यको कारण बताइए पनि खास कारण भने १० बुँदेमा उनीहरुको असहमति नै हो । राई संविधानसभा सदस्य तथा जिल्लामा स्थापित नेता हुन् । उनको अनुपस्थितिले एमाले जिल्ला नेतृत्वलाई झस्काएको छ । 

उनीजस्तै माधव समूहमा लागेका धेरैजसो जिल्ला कमिटी सदस्यहरु बैठकमा अनुपस्थित भए । ओली समूहको विधान विपरीतका काम र गतिविधिले वाक्क भएका नेता कार्यकर्ता धेरै निष्कृय भएका छन् । उनीहरुमध्ये कतिले एकीकृत समाजवादी रोजेका छन् भने कति तटस्थ बसेका छन् । 

एमाले जिल्ला सचिव शंकर कटवाल केही असन्तुष्टि भए पनि विस्तारै समायोजन भएर जाने बताउँछन् । एमाले विभाजनले जिल्लामा खास असर नपर्ने उनको तर्क छ । जिल्लामा एक मात्र जनप्रतिनिधि समाजवादीमा लागेको भन्दै प्रभाव शून्य रहेको उनको दावी छ । यद्यपि बैठकमा अनुपस्थित रहेका नेताहरु एमालेमा सक्रियतापूर्वक नलाग्ने हो भने एमालेको आधा संगठन भत्किने देखिएको छ । 

जिल्ला कमिटी बैठकले ८ स्थानीय तहमा पूर्ववत् कमिटीले काम गर्ने र २ जेठ कार्यान्वयनमा आउने समस्या समाधानका लागि जिल्ला अध्यक्ष मोहन श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कमिटी निर्माण भएको छ । पार्टीले यस्तो निर्णय गरे पनि युवा तथा विद्यार्थी संगठनमा नेतृत्वबारे आ-आफ्नै दावीले विवाद बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा