१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

एमालेलाई जेठ २ मा फर्काउने प्रयास, विरोध र असन्तुष्टि कायमै

२६ भाद्र २०७८, शनिबार १०:३३

न्युज कारखाना | भदौ २६, ओखलढुंगा | नेकपा एमालेको केन्द्रीय सर्कुलरअनुसार जिल्ला कमिटी ओखलढुंगालाई २ जेठ मा फर्काउने प्रयास शुरु भएको छ । नेकपा गठन हुनुपूर्वको एमालेको जिल्ला कमिटीको बैठक राखेर त्यसको शुरुवात् गरेको केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज यज्ञराज सुनुवारले जानकारी दिए ।

केन्द्रको सर्कुलरअनुसार आयोजना गरिएको बैठकमा भने जिल्ला कमिटीका बहुमत सदस्यमात्र उपस्थित भएका थिए । सर्कुलर कार्यान्वयन र जिम्मेवारीका सन्दर्भमा असहमत नेताहरु भने बैठकमा उपस्थित भएनन् । 

यद्यपि बैठकले एमाले र माओवादी एकीकरण पूर्वको स्थानीय तह र जिल्लाको संरचना सक्रिय बनाउने निर्णय गरेको छ । एमालेको माधव समूहका सचिव र ओली समूहका समानान्तर कमिटीका सचिव बैठकमा सहभागी भएनन् । 

माधव समूहमा रहेका सचिव हर्कबोल राई र ओली समूहले बनाएका सचिव तीर्थ सुवेदी दुवै बैठकमा अनुपस्थित थिए । बाहिर स्वास्थ्यको कारण बताइए पनि खास कारण भने १० बुँदेमा उनीहरुको असहमति नै हो । राई संविधानसभा सदस्य तथा जिल्लामा स्थापित नेता हुन् । उनको अनुपस्थितिले एमाले जिल्ला नेतृत्वलाई झस्काएको छ । 

उनीजस्तै माधव समूहमा लागेका धेरैजसो जिल्ला कमिटी सदस्यहरु बैठकमा अनुपस्थित भए । ओली समूहको विधान विपरीतका काम र गतिविधिले वाक्क भएका नेता कार्यकर्ता धेरै निष्कृय भएका छन् । उनीहरुमध्ये कतिले एकीकृत समाजवादी रोजेका छन् भने कति तटस्थ बसेका छन् । 

एमाले जिल्ला सचिव शंकर कटवाल केही असन्तुष्टि भए पनि विस्तारै समायोजन भएर जाने बताउँछन् । एमाले विभाजनले जिल्लामा खास असर नपर्ने उनको तर्क छ । जिल्लामा एक मात्र जनप्रतिनिधि समाजवादीमा लागेको भन्दै प्रभाव शून्य रहेको उनको दावी छ । यद्यपि बैठकमा अनुपस्थित रहेका नेताहरु एमालेमा सक्रियतापूर्वक नलाग्ने हो भने एमालेको आधा संगठन भत्किने देखिएको छ । 

जिल्ला कमिटी बैठकले ८ स्थानीय तहमा पूर्ववत् कमिटीले काम गर्ने र २ जेठ कार्यान्वयनमा आउने समस्या समाधानका लागि जिल्ला अध्यक्ष मोहन श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कमिटी निर्माण भएको छ । पार्टीले यस्तो निर्णय गरे पनि युवा तथा विद्यार्थी संगठनमा नेतृत्वबारे आ-आफ्नै दावीले विवाद बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक