१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सदनमा प्रधानमन्त्रीलाई छेक्ने रणनीतिमा एमाले

२७ भाद्र २०७८, आईतवार ०२:२३

न्युज कारखाना | भदौ २७, काठमाडौँ | प्रमुख प्रतिपक्षी नेकपा (एमाले) संसदीय दलको बैठक आज अपराह्न १२ बजे बस्दैछ । संसद बैठकको एक घन्टा अर्थात १२ बजे दलको बैठक बस्न लागेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । दुबै सदनको बैठक अपराह्न १ बजे बस्दैछ ।

प्रतिपक्षीको विरोधका बीच सरकारले संसदमा पेलेरै जाने रणनीति अंगिकार गरेपछि सो विषयमा धारणा बनाउन संसदीय दलको बैठक बस्न लागेको हो ।

‘एमालेले कारबाही गरेका सांसदका विषयमा सभामुखले समयमै निर्णय नदिएको विषयमा हामीले संसदमा विरोध जनाउदै आएका छौं । विरोधका बीच प्रतिस्थापन बजेट ल्याइएको छ,’ भट्टराईले न्युज कारखानासँग भने, ‘प्रक्रिया नै नपुर्‍याएर प्रतिस्थापन बजेट कसरी आयो ?’

आजको सदनमा एक दर्जन अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची छ । प्रधानमन्त्री शेरबहादुर देउवा पनि संसद जाँदैछन् । देउवाले शपथसम्बन्धी अध्यादेश, २०७८ लाई स्वीकृतीका लागि प्रस्ताव पेस गर्ने र रेल्वे अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस् भन्ने प्रस्तावसमेत पेस गर्ने कार्यसूची रहेको संघीय संसदको सचिवालयले जनाएको छ। 

एमाले भने प्रधानमन्त्रीलाई रोस्टममै जान नदिने रणनीतिमा छ । गत शुक्रबार अर्थमन्त्री जनार्दन शर्मा पनि प्रतिपक्षीलाई छलेर रोस्टम पुगेका थिए । जसलाई एमालेले 'गुरिल्ला शैली'भन्दै आएको छ ।

‘आजको सदन पनि अवरोध गर्छौं, रोस्टममा जान दिँदैनौं,’ भट्टराईले भने, ‘उहाँहरू पेलेरै जाने मनस्थितिमा हुनुभयो । उग्र हुनुभयो हामी प्रतिवाद गर्छौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक