१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेवा मिच्नेहरू चैनले सुत्न पाउँदैनन् : देवकोटा

२ आश्विन २०७८, शनिबार १०:४४

न्युज कारखाना | असोज २, पोखरा | माओवादी केन्द्रको भ्रातृसंस्था योङ कम्युनिस्ट लिग (वाईसिएल) का केन्द्रीय संयोजक सुमन देवकोटाले भ्रष्टाचार गर्ने र फेवा मिच्नेलाई चैनले सुत्न नदिने चेतावनी दिएका छन् । तालको जग्गा हडपेर संरचना बनाउनेलाई सडकमा ल्याउने उनले बताए ।

‘सरकारसँग विनम्र आग्रह गर्छौं कि फेवाको सबै जग्गा राज्यको नाममा ल्याओस् । नभए कसले तालको जग्गा मिचेको छ, उसलाई सडकमा निकाल्छौं,’ उनले भने, ‘ताल मिचेर खानेहरूले चैनको निद्रा सुत्न पाउँदैनन् । वाईसिएलले उनीहरूलाई सुत्न दिँदैन ।’

पोखरामा शनिबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले सरकारी सम्पत्ति मिचेर व्यक्तिगत स्वार्थमा चलाउनेलाई नांगेझार पार्ने चेतावनी दिए । उनले सबै वडामा संगठन विस्तार गर्ने र पालिकाका सबै भ्रष्टाचार पर्दाफास पार्ने दाबी गरे । ‘पालिकामा भ्रष्टाचार धेरै भएका छन् । हाम्रो मुख्य एजेन्डा भ्रष्टाचार विरोधी काम हो,’ देवकोटाले भने, ‘कसले कति खायो, विकासको अवस्था कस्तो छ ? हामी खोज्छौं र निकाल्छौं ।’

उनले एमसीसी देशको स्वाधीनता र सार्वभौमविरुद्ध भएको तर्क गरे । ‘संविधान बन्धकी राखेर कुनै पनि देशको अनुदान नेपाललाई स्वीकार्य छैन । माओवादीले त्यो स्पष्टसँग भनिसकेको छ,’ उनले थपे, ‘वाईसिएल पनि एमसीसी यही हालतमा स्वीकार्न सक्दैन ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक