१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले असोज ४ गतेभित्रै पूर्णता पाउँछ: प्रचण्ड

२ आश्विन २०७८, शनिबार १५:५४

असोज २, जनकपुरधाम | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले छिट्टै पूर्णता पाउने बताएका छन् । उनले असोज ४ गतेभित्रै सरकारले पूर्णता पाउने बताएका हुन् । 

सरकारमा सहभागी दलहरूले मन्त्री बन्ने नेताहरूको नाम टुङ्ग्याउन नसकिरहेको बेला प्रचण्डले असोज ४ गतेभित्रै सरकारले पूर्णता पाउने दाबी गरेका छन् । 

जनकपुरधाममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले सरकारमा सहभागितालाई लिएर छलफल भइरहेको बताए । उनले केही प्राविधिक विषय मिलाउनुपर्ने भएकाले सरकारमा सहभागितामा ढिलाइ भए पनि अब छिट्टै नै सरकारले पूर्णता पाउने बताए । 

उनले सरकारले पूर्णता पाउन नसकेको विषयलाई बहाना बनाएर गठबन्धन तोड्नकै लागि गठबन्धनमा असन्तुष्टि रहेको प्रतिगामी शक्ति मिलेर भ्रम सृजना गरिरहेको आरोप लगाए । 

पहिलेको एमसीसी प्रस्तावमा रहेका विषयहरू बिगारिएकाले यसलाई बिना परिमार्जन पारित गर्न नमिल्ने बताए । उनले गठबन्धन बन्नु अगाडी नै प्रतिगामी शक्ति गठबन्धन नबनोस् भन्नेमा लागेको र अहिले आएर गठबन्धनमा तीव्र असन्तुष्टि रहेको भन्दै भ्रम छरिरहेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक