२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाका चार घातक भेरियन्ट: देखियो डेल्टा र अल्फा, बिटा र गामाको चेतावनी

२०७८, ४ आश्विन सोमबार १४:०९

न्युज कारखाना | असोज ४, काठमाडौं | कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण फैलिएको दुई वर्ष पुग्न लागेको छ । डिसेम्बर २०१९ मा चीनको वुहानबाट सुरु भएको कोरोनाभाइरसको संक्रमण अहिले विश्वभर देखिएको छ । 

विश्वभर फैलिँदा कोरोनाका नयाँ नयाँ भेरियन्ट देखिएका छन् । जुन मानव स्वास्थ्यका लागि निकै घातक सावित भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को भेरियन्ट अफ इन्ट्रेष्टमा अल्फा, बिटा, गामा र डेल्टा भेरियन्टलाई सबैभन्दा घातक मानिएको छ । नेपालमा यीमध्ये डेल्टा र अल्फा भेरियन्टको संक्रमण देखिसकिएको छ भने बिटा र गामा भेरियन्ट भित्रिन सक्ने सम्भावना अधिक छ।

चीनको वुहाननजिकै पशुपंक्षी व्यापार हुने एक बजारमा पहिलो पटक कोरोनाको संक्रमण देखिएको थियो । उक्त भाइरस केही महिनामै विश्वभरि फैलियो । हालसम्म पनि भाइरसको प्रकोप कायमै छ । उक्त भाइरसको वैज्ञानिक नाम सार्स–कोभ–२ हो । यसको संक्रमणबाट हुने रोगलाई कोभिड–१९ भनिन्छ । भाइरसको नाम तीन शब्द कारोना, भाइरस र डिजिजसँगै सन् २०१९को संयोजनमा बनाइएको हो ।

आनुवांशिक संरचनामा आरएनए भएका भाइरसको एउटा समूहलाई वैज्ञानिकहरूले कोरोनाभाइरस नामाकरण गरे, जसको बाह्य रूप किरीट अर्थात् श्रीपेच आकारको छ । त्यसलाई नेपालीमा ’किरीटाकार विषाणु’ वा ’किरीट विषाणु’ भनिए पनि कोरोनाभाइरस सजिलै बुझिने नाम हो । अहिले यस भाइरसको विभिन्न किसिमका सयौं भेरियन्टहरू विश्वभरिनै देखापरेका छन् ।

तीमध्ये अल्फा, बिटा, गामा र डेल्टा भेरियन्टलाई सबैभन्दा घातक मानिएको छ । डब्लूएचओले भेरियन्ट अफ कन्सर्नभित्र परेका यी चार भेरिन्टलाई घातक मानेको छ । यी भेरियन्ट विश्वभरि तीव्र रूपमा फैलिरहेको छ ।

डब्लुएचओको भेरियन्ट अफ इन्ट्रेष्टमा इटा (बी १.५२५), लोटा (बी.१.५२६), कप्पा (बी.१.६१७.१), जीटा (पी.२), थिटा (पी.३) लगायत छन् । जसको उद्गम मुलुक पेरु, कोलम्बिया, फिलिपिन्स, भारत तथा अमेरिका रहेका छन् ।

यस्तै बी.१.४२७, बी.१.४२९, आर १, सी.३६.३, सी.१.२ लगायतका भेरियन्टको चेतावनी डब्लूएचओले दिइसकेको छ । जसको उद्गम देश साउथ अफ्रिका, इन्डोनेसिया, रसिया, इजिप्ट लगायत छन् ।

भारतमा फैलिएको बी.१.६१७.२ कोरोनाभाइरसको प्रकारलाई नाम उच्चारण सजिलो बनाउन सञ्चारमाध्यम तथा मानिसले भारतीय भेरियन्टको नाम दिएका थिए । केही समयपछि भारतले यस नामप्रति आपत्ति जनाएकोले डेल्टा भेरियन्टका रूपमा पहिचान गरियो ।

भेरियन्टको नामाकरणका लागि ग्रीक वर्णमालाका अक्षर अल्फा, बीटा, गामाजस्ता गैरवैज्ञानिक समूह वा उच्चारण तथा छलफल गर्न सजिलो र अधिक व्यावहारिक हुने अक्षरहरू प्रयोग गर्न डब्लूएचओले सिफारिस गरेको हो ।

यस्तै बेलायतमा भेटिएको खतरनाक भेरियन्ट (बी.१.१.७) लाई अल्फा, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई बिटा र ब्राजिलमा भेटिएको भेरियन्टलाई गामा नामाकरण गरियो ।अमेरिका, ब्राजिल, फिलिपिन्स र अन्य मुलुकहरूमा भेटिएका कोभिडका नयाँ भेरियन्टलाई क्रमशः एप्सिलन, जेटा, आयोटा र थेटाजस्ता नाम दिइएको छ।

नेपालमा बिटा र गामा आउन सक्ने

नेपालमा भेटिएका भेरियन्ट अफ कन्सर्नमा डेल्टा र अल्फा छन् । टेकु अस्पतालका संयोजक डा.शेर बहादुर पुनका अनुसार नेपालमा भेटिएका दुई भेरियन्टमध्ये डेल्टा सबैभन्दा बढी संक्रामक मानिन्छ। ‘तीमध्ये नेपालमा अल्फा भेरियन्टको मात्र पहिचान गर्न सकिने अवस्था छ’, पुनले न्युज कारखानासँग भने, ’भारतमा बिटा र गामा भेरियन्ट देखिएको हुनाले नेपालमा पनि यो भाइरस भित्रिने सम्भावना धेरै छ’।

यी भेरियन्ट पहिलेको स्वरूपभन्दा छिटो फैलिनुका साथै बालबालिका र युवामा बढी संक्रमण हुने पाइएको छ। चिकित्सकहरूका अनुसार ज्वरो आउने, झाडापखाला लाग्ने, पेट दुख्ने, श्वासप्रश्वासमा र मुटुमा समस्या लगायत यसका लक्षणहरू हुन् ।

भेरियन्ट प्राकृतिक रूपमा म्युटेन्ट भएर विकसित हुँदै जान्छ । देशको भूगोल र वातावरणले पनि भेरियन्टको प्रकृतिमा कहीँ कतै असर पार्न सक्दछ । भेरियन्टको उत्पत्तिपछि यसले एक किसिमको लहर ल्याउने र त्यस समयमा सो भेरियन्ट घातक बन्ने संयोजक पुनको भनाइ छ।

भाइरसको भेरियन्टको पहिचान गर्नु जरुरी भएकाले भाइरसको उत्परिवर्तनबारे जानकारी लिइ रोग नियन्त्रण नीति तथा प्रतिकार्य गर्न आवश्यक छ । हरेक महिना भाइरसको संक्रमण क्षमता वृद्धि भई समुदायमा फैलन सक्ने संभावना बलियो हुन्छ । अहिलेको अवस्थामा हरेक महिनामा हरेक उमेर समूहको प्रतिनिधित्व हुने गरी १०/१५ वटा भाइरसका नमुनाको अणुवांशिक तत्वहरूको सिक्वेन्सिङ गर्नुपर्छ । तर, नेपालमा अल्फा भेरियन्टको मात्र पहिचान गर्न सकिने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह