असोज ६, काठमाडौं। नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको पहिलो बैठक भोलि (बुधवार) बस्ने गरेर स्थगित भएको छ। बानेश्वरको अर्पण पार्टी प्यालेसमा बिहान १० बजे बस्ने गरी आजको बैठक स्थगित गरिएको हो।
बैठकमा सातवटा अजेण्डामा छलफलका लागि समूह बनाइएको छ। भोलिको बैठकमा छलफलको निष्कर्ष राखिने र त्यसपछि निर्णय हुने बताइएको छ।