2026-09-08 11:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

गोरखाका ११ पालिकामा कांग्रेसकोनेतृत्व चयन

असोज १०, काठमाडौँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत गोरखाको ११  वटै स्थानीय तहमा नेपाली काँग्रेसले अधिवेशन सम्पन्न गरेको छ ।

१४ औँ महाधिवेशनअन्तर्गत शनिवार भएको गाउँ/नगर अधिवेशनले नयाँ नेतृत्व चुनिएका छन् । ६ पालिकामा सर्वसम्मत र ५ पालिकामा निर्वाचनबाट पालिका सभापति निर्वाचित बनेका हुन् ।

गोरखा नगरपालिकाको नगर सभापति पदमा चन्दनबाबु खत्री विजयी भएका छन्। उनी यसअगाडि पनि नगर सभापति नै थिए। खत्रीले गोरखा नगरपालिका वडा नम्बर १२ का वडाध्यक्षसमेत रहेका नगर सभापति पदका उम्मेदवार डिलबहादुर थापालाई हराएका हुन् । 

शनिबारै निर्वाचन सम्पन्न भएको पालुङटार नगर सभापतिमा विमल ढकाल विजयी भएका छन् । त्यसैगरी,  चुमनुव्री गाउँपालिका सभापतिमा सूर्य गुरूङ, धार्चेमा सन्तोष गुरुङ, सुलिकोटमा जितबहादुर घले सभापति चयन भएका छन्।

सहिद लखन गाउँपालिकामा काशिनाथ अंगाइ, धार्चे गाउँपालिकामा सन्तोष गुरुङ, आरुघाट गाउँपालिकामा राजु गुरुङ र अजिरकोट गाउँपालिकामा जंगबहादुर गुरुङ सर्वसम्मत पालिका सभापति चयन भएका छन् । 

यस्तै सिरानचोक भक्तबहादुर गुरूङ गाउँपालिका सभापति भए भने भीमसेन थापा गाउँपालिकामा नारायण भट्टराई सभापति भएका छन्। केही ठाउँमा चुनाव र केही ठाउँमा सर्वसम्मत तवरले नेतृत्व चयन गरिएको हो। अब प्रदेश सभा क्षेत्रीय अधिवेशन र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गर्दै यही असोज १८ मा गोरखामा जिल्ला अधिवेशन गर्ने तयारी छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो