१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनयुद्धका सहयात्रीलाई सहकार्यमा आउन अध्यक्ष दाहालको आग्रह

१५ आश्विन २०७८, शुक्रबार १४:०१

असोज १५, काठमाडौँ | नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक अर्काले गरेको गल्ती तथा कमजोरीबाट सिकेको ज्ञान तथा अनुभवलाई साटासाट गरेर नयाँ आधारमा अगाडि बढ्न माओवादी घटकहरूलाई आग्रह गर्नुभएको छ । आफूले तत्कालीन नेकपा(एमाले) सँग सकारात्मक मनसायका साथ एकता गरेको भए पनि त्यसले गतिलो परिणाम नदिएको भन्दै उहाँले  त्यसबाट प्राप्त गरेको ज्ञानलाई समेत साटफेर गर्न तयार रहेको बताउनुभयो । 

जनयुद्धको स्मरणमा लेखिएको गीतिसंग्रह ‘सपनाको पाण्डुलिपी’को विमोचन गर्दै उहाँले विभिन्न घटकमा विभक्त भएका माओवादी पार्टी र जनयुद्धका सहकर्मीलाई ठण्डा दिमागले एक अर्काको ज्ञानलाई माझ्न र साझा सहकार्यका लागिसमेत आग्रह गर्नुभयो ।

माओवादी आन्दोलनमा सहभागी सबै नेता तथा कार्यकर्ताहरू एक आपसमा मिलेर जाने प्रयास भइरहेको भन्दै उहाँले त्यसका लागि सकारात्मक वातावरण बनाउनसमेत सबैलाई अनुरोध गर्नुभयो । आफूलाई सत्तारुढ गठबन्धनका नेताहरूले केपी ओलीसँग एकता गरेर के पाउनुभयो भनेर पटकपटक प्रश्न गर्ने गरेको स्मरण गर्दै उहाँले भन्नुभयो “ओलीसँग एकता गरेर मैले ज्ञान प्राप्त गरेको छु ।”

आफूहरूले जनयुद्धको क्रममा क्रान्ति छल्छु भनेर कहिल्यै नसोचेको तर दुश्मनले अवरोध गरेको बाटो छल्दै जाँदा अहिलेको स्थानमा आइपुगेको बताउँदै अध्यक्ष दाहालले भन्नुभयो, “यसमा मेरो इमान्दार प्रयास थियो । कुनै गलत नियत राखिएको थिएन किनकी मैले क्रान्ति छाडेको छैन । नियत गलत राखेको छैन ।”

वामपन्थी तथा माओवादी घटकहरू मिलेर जनतालाई परिचालन गर्ने हो भने गलत निर्वाचन प्रणाली र शासकीय प्रणाली परिवर्तन गर्न सकिने उहाँको भनाइ छ । अध्यक्ष दाहालले पछिल्लो पटक प्रतिनिधिसभाको विघटन पछि लाखौं जनताको साथमा गरिएको शान्तिपूर्ण सडक प्रदर्शनले पनि सही नीति तथा कार्यक्रम भयो भने जनताले साथ दिन्छन् भन्ने स्पष्ट भएको समेत उल्लेख गर्नुभयो । 

माओवादी आन्दोलनलाई भ्रष्टीकरण गर्ने र त्यसको बलमा स्थापित भएको धर्मनिरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्व उल्ट्याउने ध्येयका साथ प्रतिनिधिसभाको विघटन गरिएको बताउनुभयो । कार्यक्रममा जनकलाकार जीवन शर्मा  र प्रतिनिधिसभा सदस्य अमृता थापा मगरले गीतिसंग्रहमाथि टिप्पणी गर्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक