१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले विधान महाधिवेशन: १० वटा समूहलाई छलफलको समय चार घण्टा

१६ आश्विन २०७८, शनिबार ०१:३५

असोज १६, काठमाडौं | नेकपा एमालेको जारी प्रथम विधान महाधिवेशनमा आज शनिबार समूहगत छलफल हुँदैछ ।

विधान महाधिवेशनको पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रतिवेदन पेस गरेका थिए ।

ती प्रतिवेदनमाथि छलफल गर्न शुक्रबार नै १० वटा समूह बनाएको एमालेले प्रतिवेदनमाथि विमर्श गरेर पार्टी नीति तयार पार्नेछ ।

१० वटा समूहलाई शनिबार आठ बजेदेखि चार घण्टाभित्र समूहगत छलफल गर्न समय दिइएको छ । एमालेले ६ हजार प्रतिनिधिलाई १० समूहमा विभाजन गरेको छ । एक समूहमा औसत ६ सय जना छन् । 

तेस्रो दिन १७ असोजमा दस्तावेज प्रस्तोताबाट समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयलाई स्पष्ट पार्दै सारसंक्षेपीकरण गरिनेछ । महाधिवेशनको नारा ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौँ, जबजको मार्गदशर्नमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने रहेको छ ।

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले विधान महाधिवेशन एमालेको पुनर्जागरण अभियान रहेको बताए । ‘आगामी चुनावमा एमालेलाई पहिलो, अब्बल मात्रै होइन कि बहुमतसहितको पार्टीका रूपमा पुनःस्थापित त गर्ने र राज्यका निकायमा संघ, प्रदेश र स्थानीय सरकारमा एमालेको पुनरागमन गर्ने आधार विधान महाधिवेशनले तय गर्नेछ । एमालेलाई सरकारमा कमब्याक गर्ने एउटा आधार तयार गर्नेछ,’ उनले भने ।

मुलुकमा  संघीयता कार्यान्वयनसँगै पार्टीको नीति र विधि तय गर्न एमालेको प्रथम विधान महाधिवेशन आायोजना भएको हो ।

एमालेले आगामी मंसिर दोस्रो साता पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन तय गरिसकेको छ ।  एमालेको २०७१ असारमा नवौँ महाधिवेशन भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक