१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा (एस)ले मन्त्रीको नाम पठाउन मापदण्ड बनाउँदै

१९ आश्विन २०७८, मंगलवार १६:०२

असोज १९, काठमाडौँ | विधि र पद्धतिको वकालत गर्दै आएको नेकपा (एकीकृत समाजवादी)ले चाँडै विस्तार हुने मन्त्रिपरिषद्‍मा कस्ता व्यक्तिलाई मन्त्री बनाउला भन्ने आमचासोको विषय बनेको छ । 

नेकपा एमालेसँग विधि, प्रक्रियामा असहमति जनाउँदै अलग भएको नेकपा (एस)ले पार्टीले कस्ता व्यक्तिलाई मन्त्रिपरिषद्‌मा पठाउला भन्ने सबैको चासो रहेको छ । ढिलोमा आगामी शुक्रबारसम्म मन्त्रिपरिषद् विस्तार हुने चर्चा चलिरहेका बेला नेकपा (एस) सहभागी हुने व्यक्तिको मापदण्ड बनाउने तयारीमा जुटेको छ । 

सो पार्टीका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले मन्त्रिपरिषद्‌मा सहभागी हुनेको मापदण्ड बनाइने जानकारी दिए । उनले मापदण्डका बारेमा अहिलेसम्म छलफल नभएको र चाँडै नै मापदण्ड बनाइने बताए । उनका अनुसार ज्येष्ठता, योग्यता, समय सापेक्ष, भौगोलिक र समावेशीकरण जस्ता मापदण्डका आधारमा पार्टीले मन्त्रीहरूको नाम पठाउने बताए ।

नेकपा (एस)का महासचिव वेदुराम भुसालले मापदण्ड बनाएर नै मन्त्रिपरिषद्‌मा पार्टीबाट व्यक्ति पठाउने बताए । उनले पार्टीले भूगोल, इतिहास, व्यक्तिको भूमिका, समुदाय जस्तालाई मापदण्ड बनाइने जानकारी दिए । 

‘हामी मन्त्रिपरिषद्‌मा पार्टीका तर्फबाट सहभागी हुनका लागि मापदण्ड बनाउँदै छौँ’, उनले भने, ‘ती मापदण्डका आधारमा मात्र हामीले मन्त्रिपरिषद्‌मा सहभागी गराउँछौ ।’ उनले चाँडै नै बस्ने स्थायी कमिटी बैठकबाट ती मापदण्ड बनाउने र त्यसैको आधारमा मात्र मन्त्रिपरिषद्‍‌मा व्यक्ति पठाउने बताए । 

नेकपा (एस)ले अहिलेको मन्त्रिपरिषद्‌मा पाँचवटा मन्त्रालय पाउने संभावना छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक