२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केपी ओलीले झापाबाटै जित्दैनन् : मेटमणि चौधरी

२०७८, १ कार्तिक सोमबार १२:०३

कात्तिक १, गुल्मी | नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन् ।

ओली पार्टी र प्रवृत्तिका विरुद्ध नेकपा (एस) स्थापना भएकाले देशभर नेकपा एमाले हराउने चौधरीले बताए । नेकपा (एस) गुल्मीको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै नेता चौधरीले ओली प्रवृत्तिका कारण कम्युनिस्ट आन्दोलन र पार्टी समाप्त हुने स्थिति आएकाले नयाँ पार्टी स्थापना गर्नुको विकल्प नभएको बताए ।

उनले केपी ओलीसहितका एमाले नेता जनतासँग भोट माग्न गाउँ आउने कुनै नैतिक आधार नभएकाले केपीको झापादेखि गोकर्ण र प्रदीपका गुल्मीका निर्वाचन क्षेत्रसमेत समाजवादीमय हुने दाबी गरे ।

केन्द्रीय सदस्य राज्यलक्ष्मी गैरेले आफूहरूलाई एमालेको माया भए पनि केपी प्रवृत्तिले नयाँ विकल्पको सिर्जना गरेको बताइन् । जीवनको राजनीतिक ऊर्जा एमालेमै सकिए पनि ओलीवादले देशको लोकतन्त्र र संविधानसँगै पार्टी समाप्त पारेपछि नेकपा (एस) स्थापना गरिएको गैरेको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा