2026-10-03 01:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा एमाले अधिवेशन: वडामा सहमति, जिल्लामा गुटबन्दी

कात्तिक ६, ओखलढुंगा | नेकपा एमालेको वडा अधिवेशन सुरु भएको छ । जिल्लाका ७५ वटै वडामा वडा अधिवेशन सुरु भएको नेकपा एमाले जिल्ला कमिटी सचिव शंकर कटवालले जानकारी दिए । 

जिल्लाका सबै ७५ वडामा नेकपा एमालेको प्रथम विधान महाधिवेशनबाट पारित विधान अनुसार अधिवेशन सम्पन्न हुने कटवालले बताए । ‘सकेसम्म सबै वडामा सर्वसम्मत नेतृत्व चयन गर्ने, असम्भव  भएमा स्वस्थ लोकतान्त्रिक पद्धति अपनाइनेछ’ उनले भने । 

कतिपय वडामा यसअघि निर्माण गरिएको अधिवेशन आयोजक कमिटीलाई नै अनुमोदन हुने र कतिपयमा हेरफेर हुने एमालेले जनाएको छ । एमालेको वडा तहमा नेतृत्व चयनमा खास मतभेद देखिएको छैन । पालिका तथा जिल्लास्तरमा भने गुटगत रुपमा विभाजन हुने देखिएको छ । 

एमालेका सबै वडा र स्थानीय कमिटी सर्वसम्म बनाउन र गुटगत रुपमा काखा र पाखा नगर्न नेताहरुलाई निर्देशन दिइएको एमाले केन्द्रीय सदस्य तथा सांसद यज्ञराज सुनुवारले बताए । उनले पार्टी बनाउने सन्दर्भमा अनुचित खालको गुटलाई निषेध गरिने उनको भनाइ छ । 

नेकपाकालीन द्वन्द्व जिल्ला तथा पालिकामा रहे पनि वडा तहमा भने विवाद सहतमा आउने गरी देखिएकाे छैन । पालिका तथा जिल्लामा नेताहरुबीच गुटगत विभाजन र गुटबन्दी चर्को रुपमा देखिएको छ । 

वडामा सहमति, पालिका र जिल्लामा गुटबन्दी 

पालिका तथा जिल्ला तहमा भने एमालेमा ओलि समुह र १० बुँदे पक्षधर समुह सक्रिय छ । ओलिभित्र पनि खासगरी ईश्वर पोखरेल नजिक रहने नेताहरुले गुट निर्माण गरेका छन् ।

त्यसको नेतृत्व किशोर अधिकारी, नानीबाबु बुढाथोकी, अम्बीरबाबु गुरुङ, शकुन्तला राजभण्डारी, तीर्थ सुवेदी लगायतले गरेका छन् । यो समुहमा माओवादीबाट प्रवेश गरेका बालकृष्ण ढुंगेल, सुरेश थापा, अशोक थापा लगायतका जिल्ला तहका नेताहरु पनि छन् । 

१० बुँदे पक्षधरहरुको नेतृत्व यज्ञराज सुनुवारले गरेका छन् । यो समुहमा नेताहरु हर्कबोल राई, मणिराज राई हरिकुमार राई, गोविन्द पौडेल, सुनिल खड्कालगायत छन् । 

ओली पक्षीय समुहमा भने चर्को विवाद छ । प्रदेश सांसद अम्बीरबाबु गुरुङ, नानीबाबु बुढाथोकी, बालकृष्ण ढुंगेल, तीर्थ सुवेदीलगायतको एक र केन्द्रीय सदस्य किशोर अधिकारी, मोहन श्रेष्ठ, सीताराम गुरुङ लगायतको अर्को उप समूह छ । 

यो विवादमा खेलेर १० बुँदे पक्षधर नेताहरुले राजनीतिक संस्कार भएका नेताहरुको मजबुद समुह निर्माण गर्न खोजेको एक जिल्ला नेताले बताए । उनले भने, ‘अब एमालेमा राजनीतिक र गैरराजनीतिक समुहको धुव्रिकरण हुन्छ, गैरराजनीतिक समुह क्षणिक लाभहानीमा लागेकाले दीर्घकाल टिक्दैन ।’

एमालेमा माओवादीबाट प्रवेश गरेका र व्यापार व्यवसायबाट राजनीतिमा आएकाहरुलाई ‘राजनीतिक संस्कार’ नभएका भनेर मतदाता, कार्यकर्ताहरुले आलोचना गर्ने गरेका छन् । कार्यकर्ताहरुमाथि गरिने व्यवहारका आधारमा नेताहरुको वर्गीकरण मतदाता तथा कार्यकर्ता तहबाटै हुने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने