२४ चैत्र २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एउटै व्यक्ति कांग्रेसको वडा उपसभापति र एमालेको वडा सचिवमा निर्वाचित

७ कार्तिक २०७८, आईतवार ०३:२७

कात्तिक ७, दार्चुला | दार्चुलामा कांग्रेसको अधिवेशनबाट वडा उपसभापतिमा चयन भएका एक जना एमालेको वडा सचिवमा चयन भएका छन् । गत ९ असोजमा  सम्पन्न नेपाली कांग्रेसको वडा महाधिवेशनबाट शंकर सिंह डोबाल महाकाली नगरपालिका–२ को उपसभापतिमा चयन भएका थिए । शनिबार गरिएको नेकपा एमालेको वडा अधिवेशनमा डोबाल सचिवमा चयन भएका छन् । 

‘कांग्रेसले सम्पन्न गरेको वडा अधिवेशनमा डोबाल उपसभापतिमा चयन भएका हुन् । एमालेमा प्रवेश गरे नगरेकोबारे जानकार छैन’, कांग्रेस महाकालि नगरपालिकाका प्रवक्ता पदम सिंह महरले भने । 

शनिबार सम्पन्न गरिएको वडा अधिवेशनमा वीर सिंह डोबाल अध्यक्ष र शंकर सिंह डोबाल सचिवमा चयन गरिएको नेकपा एमाले दार्चुलाले जनाएको छ । 

केही वडामा अधिवेशन सम्पन्न

नेकपा एमाले दार्चुलाले शनिबार दार्चुलाका स्थानीय तहहरूमा ६१ वटा वडाहरू मध्ये केही वडामा अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनको तयारी गरिएका वडाहरूमा शनिबार गरिएको र बाँकीमा गरिने एमाले दार्चुलाका प्रचारप्रसार विभाग प्रमुख खडक बडालले बताए । 

शैल्यशिखर नगरपालिका–६ को वडा अधिवेशनबाट सुरेन्द्रराज विष्ट अध्यक्ष तथा रमेश सिंह धामी सचिव रहने गरी ३१ सदस्यीय वडा कमिटी चयन गरेको छ ।

शैल्यशिखर नगरपालिका–७ को वडा अधिवेशनबाट नवराज भट्ट वडा कमिटी अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । ३१ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गरिएको नेकपा एमाले जिल्ला कमिटी सदस्य पुष्पराज जोशीले जानकारी दिए । 

मालिकार्जुन गाउँपालिका–१ को वडाकमिटी अध्यक्षमा रमेशसिंह बोहरा सर्वसम्मत चयन गरिएका छन् ।महाकालीनगरपालिका–२ मा अध्यक्षमा वीर सिंह डोबाल र सचिवमा शंकर सिंह डोबाल रहने गरि २७ सदस्यीय समिति गठन गरिएको छ । 

महाकाली नगरपालिका–३ मा बलदेव सिंह महर अध्यक्ष रहने गरी ३१ सदस्यीय, वडा नम्बर ९ मा कृष्ण सामन्त अध्यक्ष रहने गरी ३१ सदस्यीय समिति गठन गरिएको छ भने वडा नम्बर ७ मा किसन रैखोला अध्यक्ष रहने गरी ३१ सदस्यीय समिति गठन गरिएको एमाले दार्चुलाका प्रचारप्रसार विभाग प्रमुख खडक बडालले बताए । 

महाकाली नगरपालिका–८ मा भवानसिह धामी अध्यक्ष, देव सिंह विष्ट उपाध्यक्ष तथा जगत सिंह साउँद सचिव रहने गरी २१ सदस्यीय समिति गठन गरिएको छ । 

ब्यास गाउँपालिका–६ मा प्रमानन्द भट्ट अध्यक्ष रहने गरी ३१ सदस्यीय वडा कमिटी गठन गरिएको नेकपा एमालेका जिल्ला सदस्य एवं ब्यास गाउँपालिका–३ का वडाध्यक्ष उपेन्द्र सिंह धामीले जानकारी दिए ।  दुहुँ गाउँपालिका–१ को वडा कमिटी अध्यक्षमा मदन सिंह भण्डारीलाई चयन गरिएको छ । 

मार्मा गाउँपालिका–१ को वडा अधिवेशनले रिउले धामी अध्यक्ष, तथा पूर्ण बोहरा सचिव रहने गरी ३१ सदस्यीय वडा कमिटी गठन गरिएको छ । 

नौगाड गाउँपालिका–५ को वडाअधिवेशनबाट ५ जना पदाधिकारीसहित ३१ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गरिएको जनाएको छ । अंगवीर सिह धामी अध्यक्ष रहने गरी ३१ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गरिएको नेकपा एमाले जिल्ला कमिटी सचिव ज्ञानेन्द्र घर्तीले जानकारी दिए । 

लेकम गाउँपालिका–३ मा रमेशप्रसाद भट्टको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी चयन गरिएको छ । वडा नम्बर ४ मा डम्बरबहादुर पालको अध्यक्षतामा ३१ सदस्यीय कमिटी चयन गरिएको छ । वडा नम्बर ५ मा केशवदत्त जोशीको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गरिएको नेकपा एमाले दार्चुलाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–बुटवल सडक : दाउन्नेमा आवागमन बन्द गरेर काम गरिने आजदेखि रास्वपाको जनयात्रा सुरु थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन्ः प्रधानमन्त्री एम्बुलेन्सबाट लागुऔषध ओसार-पसार, ९४ हजार ट्रामाडोल बरामद आज चैत्र शुक्ल अष्टमी: चैते दसैँ तीनकुने घटनाको छानबिन जारी छ: आयोग मध्यरातमा रास्वपाको बैठकले गर्यो बिभिन्न चार निर्णय रवि लामिछानेलाई पक्राउ गर्न गएका डिएसपीले अन्तिम इच्छा भनेपछि… रास्वपाको चितवनमा हुने ‘जनयात्रा उद्घाटन’ नरोकिने, नेताहरु चितवन जाँदै तनहुँको भानुमा बस दुर्घटना ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु अफर ल्याउँदा अनियन्त्रित भिड जम्मा भएपछि अल्टिमाको साइनबोर्ड प्रहरीले हटायो प्रधानमन्त्री ओलीले भेटे बैँककमा भारतीय प्रधानमन्त्री मोदीलाई आइतबार सार्वजनिक बिदा म्याद नाघेका अश्रुग्यास प्रहार नभएको आईजीपी थापाको दावी तीनकुने घटनामा सरकारको पूर्वतयारी के थियो ? माओवादी सांसद पाण्डेको प्रश्न जनमोर्चाका अध्यक्ष चित्रबहादुरले गणतन्त्र र लोकतन्त्र सुरक्षित छैन, सबै चनाखो हुनुपर्ने बताए कुलमानले म हतोत्साहित र उत्तेजित भएको छैन भने नवलपुरका किशोरीहरुले मुख्यमन्त्रीलाई बुझाए ध्यानाकर्षण पत्र आज काठमाडौँमा वायु प्रदूषण घट्यो