2026-09-12 02:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्नो गृहजिल्लाको विकासबारे किन झुट बोल्छन् ओली ?

कात्तिक ८, झापा | पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा आउँदा विकासबारे सधैँ झुट बोल्छन् । गृहजिल्लाको विकासबारे अपडेट नभएर हुन सक्छ, उनले यस्तो बोलेको । प्रधानमन्त्री हुँदा होस् या प्रधानमन्त्रीबाट हटेपछि, उनी हुलाकी राजमार्गका बारेमा सधैँ चर्चा गर्छन् । 

हुलाकी राजमार्ग बनिसकेको दाबी गर्छन् । सोमबार उनको निर्वाचन क्षेत्रअन्तर्गत गौरादहमा भएको एक कार्यक्रममा हुलाकी राजमार्गअन्तर्गत प्राविधिक त्रुटिका कारण रतुवामा पुल बन्न नसकेको बताए । उनले कहीँकहीँ वन क्षेत्र परेर समस्या भएको बताए । ‘हुलाकी राजमार्ग बनिसक्यो । बीचमा रतुवाको एउटा पुलले गर्दा अड्किएको छ । त्यसका लागि पनि अहिले स्टिमेट भइरहेको छ । त्यो पनि छिट्टै हुन्छ’ऽ ओलीले भने, ‘बीचमा केही वन क्षेत्रले रोकिएको छ । त्यो पनि बनाउने प्रयास गर्छौं । दुई दशकदेखि कुरा मात्र भयो । बनेन । हुलाकी राजमार्ग आफैँ बनाउँछौँ भनेर छ वर्षअघि मैले भनेको थिएँ । केही ठाउँमा पूरा हुन बाँकी छ । त्यो पूरा गर्छौं ।’

तर, बाँकी ठाउँमा हुलाकी राजमार्ग बनेको उनको दाबी थियो । अवस्था भने त्यस्तो छैन । उनको यो प्रचार झुट हो । हुलाकी राजमार्गमा पर्ने झापा खण्ड गौरीगंजदेखि भद्रपुरसम्म बनेको छ । सडकको काम भएको छ । तर, दशकसम्म विभिन्न नदीमा पुल नबन्दा झापाभरि पनि हुलाकी राजमार्गबाट यात्रा गर्न सक्ने अवस्था छैन । 

कतिपय पुल एमाले निकट ठेकेदारले ठेक्कामा लिएर अलपत्र पारेका छन् । केही पुल दशकपछि काम भइरहेको छ । तर, उनले भनेजस्तो रतुवामा मात्र हुलाकी राजमार्गमा अन्य आधा दर्जन पुलहरू अलपत्र छन्, जसका कारण स्थानीयको यात्रा जोखिमपूर्ण छ । बर्खामा ठूला नदीहरूमा पैसा तिरेर डुंगाबाट नदी पार गर्नुपर्ने बाध्यता छ । हिउँदमा पनि बाँसको पुलमा पैसा तिरेर यात्रा गर्नुपर्ने बाध्यता छ । 

हुलाकी राजमार्गअन्तर्गत माई नदीमा पुल निर्माण सुरु गरेको एक दशक नाघ्यो । तर, अहिलेसम्म पुल निर्माण भएको छैन । ३१ जेठ २०६८ मा पप्पु कन्स्ट्रक्सन र महादेव खिम्ती जेभीले यो पुल ठेक्का लिएका थिए । चार वर्षमा सक्ने गरी ३४ करोड रुपैयाँमा ठेक्का लिइएको यो पुलमा अहिले पिल्लरबाहेक अरू केही काम भएको छैन । 

७२४ मिटर लम्बाइको पुल २०७२ जेठ मसान्तमा निर्माण सक्नुपर्ने थियो । तर, हालसम्म आधा मात्र काम भएको छ । यो पुलको ठेक्का निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले लिएका हुन् । यस्तै, अर्को ठूलो नदी बिरिङको हालत पनि उस्तै छ । एमाले अध्यक्ष ओली निकट निर्माण व्यवसायी मदन अधिकारीको मैनाचुली कन्स्ट्रक्सन र लामा कन्स्ट्रक्सनले ठेक्का लिएका हुन् ।

अधिकारी दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीका श्रीमान् हुन् । ३१९ मिटर लामो पुल निर्माण २०७३ सालमै निर्माण सम्पन्न गर्नुपर्ने हो । २०६८ वैशाखमा १५ करोड ५० लाख ५८ हजार रुपैयाँमा ठेक्का लागेको पुल अझै अलपत्र छ । यससँगै हुलाकी राजमार्गमा पर्ने किस्नी खोलाको पुल पनि अझैसम्म निर्माण सम्पन्न हुन सकेको छैन । यद्यपि, समय सकिए पनि यो पुलको निर्माण कार्य अहिले भने धमाधम भइरहेको छ । 

यस्तै, गौरीगंजको रतुवा, लेहरा, कमल, भुत्नी खोलालगायत खोलाका पुल अलपत्र छन् । ओलीले भने रतुवा खोलाको मात्र समस्या देखे । रतुवा खोलामा बनेको पुल नदीको चौडाइभन्दा कम बनेपछि समस्या भएको हो । निर्माण सकिएको भनेर यो पुल ठेकेदार कम्पनीले जिम्मा लगाइसकेको छ । यद्यपि, पुल भने खोलाभन्दा सानो छ । 

सोमबार पूर्वप्रधानमन्त्री ओलीले गौरीगंजमा दसैँ, तिहार, छठलगायत पर्वको उपलक्षमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा भने, ‘चार्डपर्वले सबैलाई सद्बुद्धि देओस् । सबैले सही कुरा बोलून् ।’ तर, ओली आफैँले केहीबेरअघि गौरादहमा भएको एक कार्यक्रममा हुलाकी राजमार्गअन्तर्गत रतुवा पुल मात्र बन्न बाँकी रहेको भन्दै झुट बोले ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले