२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भीम रावललाई ओलीको स्पष्ट सन्देश : लेखराज भट्टलाई छाड्न सकिँदैन

२०७८, ९ कार्तिक मंगलवार ०२:५२

कात्तिक ९, काठमाडौं | दुईदिवसीय जिल्ला भ्रमणमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार झापा पुगे । चुनावी तयारीकै झल्को दिनेगरी भएको झापा भ्रमणमा ओलीसँग पार्टीका सांसदहरु, विद्यार्थी नेता तथा कलाकारसँगै थिए । साथमा थिए, पूर्वमाओवादी नेता लेखराज भट्ट, जो अहिले एमाले स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज छन् ।

नेता भट्टलाई ओलीले आफ्नो गृहजिल्ला लैजानु आफैंमा अर्थपूर्ण थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भीआईपी कक्षदेखि नै ओली र भट्ट सँगसँगै थिए । यती एयरलाइन्सको जहाजबाट पूर्व उडान भर्दा ओली र भट्ट सँगै बसे । जहाजमै ओली र भट्टको सामिप्यता लोभलाग्दो देखियो ।

झण्डै एकघण्टाको उडानमा भलाकुसारी गर्दै झापाको भद्रपुर विमानस्थल पुगे । भद्रपुरमा पनि ओली र भट्ट सँगसँगै ओर्लिए । स्वागत गर्न सुवास नेम्वाङ,  भानुभक्त ढकाललगायत विमानस्थलमा लामबद्ध हुँदा जहाजबाट ओर्लिएका ओली अगाडि थिए, भने भट्ट पछाडि परे ।

यो कुरालाई नोटिस गरिरहेका ओलीले भट्टको हात तानेर आफूसँगै अगाडि ल्याए । आफूलाई खादा ओढाउँदा ओलीले स्वागत कार्यकर्तालाई लेखराजजी पनि हुनुहुन्छ भनेर स्वागतका लागि अघि सारे । नेता कार्यकर्ताले भट्टलाई खादा ‌ओढाएर स्वागत गरे । यो दृश्यले लेखराजलाई ओलीले कति महत्व दिएका भन्ने दर्शाउँछ । 

आइतबार दिनभर झापामा रहेका लेखराजले ओलीका साथै एमाले नेता कार्यकर्ताबाट राम्रै सम्मान पाए । बृहत् पार्टी प्रवेश कार्यक्रममा पनि उनी विशिष्ट अतिथि तथा वक्ताका रुपमा थिए । सम्बोधनका क्रममा उनले सुदूरपश्चिमलाई सुदूरपूर्वसँग जोड्ने अवसर दिएकोमा ओलीलाई धन्यवाद पनि दिए र ओलीलाई नजिकबाट चिन्ने मौका दिएकोमा प्रचण्डलाई धन्यवादसम्म भन्न भ्याए । झापामा भट्ट ओलीको सामिप्यता र आतिथ्यमा मोहित भए नै अर्कोतिर ओलीले पार्टी पंक्ति तथा भट्टलाई ‘आफ्नै’को सन्देश पनि दिए । 

एमालेभित्र १० बुँदे सहमति कार्यान्वयनलाई लिएर असन्तुष्टि चुलिएका बेला ओलीले भने भट्टलाई आफ्नै जिल्लामा आमन्त्रण गरी महत्व दिएर २ जेठमा जस्ताको तस्तै फर्किन नसकिने सन्देश दिएका छन् । १० बुँदे कार्यान्वयनमा अध्यक्षले फरक कुरा गरेको भन्दै कार्यदलका संयोजक भीम रावलले राजीनामा दिएका बेला ओलीले पनि रावललाई झापाबाट स्पष्ट सन्देश दिएका छन्, ‘लेखराज भट्टलाई छाड्न सकिँदैन ।’

२ जेठमा जस्ताको तस्तै फर्किँदा सुदूरपश्चिम प्रदेश संयोजक भीम रावल हुनेछन् । तर पूर्वमाओवादीबाट आएका नेतालाई पनि समायोजन गरेर जानुपर्ने तर्क नेतृत्वले गर्दै आएका छन् । जसअन्तर्गत अध्यक्ष ओलीले भट्टलाई सुदूरपश्चिम इन्चार्ज बनाइसकेका छन् । यसमा रावलले असहमति जनाउँदै आएका छन् । १० बुँदे कार्यान्वयनको हकमा अन्य प्रदेशमा कार्यान्वयन भए पनि सुदूरपश्चिममा जटिल बन्न पुगेको छ । 


ओलीले विगतमा नेकपा र सरकारमा अल्पमतमा पर्दा साथ दिएको भन्दै रामबहादुर थापा 'बादल'लाई बागमती प्रदेश र लेखराजलाई सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी दिए । १० बुँदेअन्तर्गत बादललाई प्रदेश इन्चार्ज मानिसकिएको छ । तर सुदूरपश्चिममा रावलले आफू संयोजक हुनैपर्ने आशयका साथ अडान राखेका छन् । भलै उनले व्यक्तिगत हिसाबले भन्दा पनि समग्र १० बुँदे कार्यान्वयनका लागि भनिरहेका छन् । तर १० बुँदे बल्झिनुमा सुदूरपश्चिममा रावल कि भट्ट भन्ने प्रतिस्पर्धा नै हो । 

यो प्रतिस्पर्धाका बीच ओली भने लेखराजलाई च्यापेर हिँडेका छन् । सुदूरपश्चिममा लेखराज दायाँबायाँ हुन्न भन्ने सन्देश पनि दिइरहेका छन् । अहिले सुदूरपश्चिममा रावल र भट्टबीच वर्चश्वको लडाइँ चलिरहेको छ,जसमा नेतृत्वले भट्टलाई महत्व दिएको झापा भ्रमणबाट प्रष्ट हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो