१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कम्युनिस्ट आन्दोलनमा विद्रोहको राँको बालेका छौँ: अध्यक्ष नेपाल

९ कार्तिक २०७८, मंगलवार १४:०३

एसबी थापा | कात्तिक ९, सर्लाही | नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट आन्दोनलमा आफूहरूले विद्रोहको राँको बालेकोे दाबी गरेका छन् ।

मंगलबार विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न जिल्ला आइपुगेका नेपालले यस्तो बताएका हुन् । सर्लाहीमा पत्रकारहरूसँगको भेटघाटको क्रममा अध्यक्ष नेपालले नेकपा (एस)ले समाजवादका मूल्य र मान्यतालाई स्थापित गर्नेसमेत बताए । कम्युनिस्टको नाममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गलत कदम चालेको उनको आरोप थियो । 

नेकपा एमाले अध्यक्ष ओलीले नेता महत्त्वपूर्ण ठानेर अगाडि बढेका तर आफूहरूले सधैँ नीति पहिलो भन्ने फरक मत प्रस्तुत गरेको उनले बताए । नेकपा एमाले अध्यक्ष ओलीले आफ्नो स्वार्थका लागि दुई तिहाइको सरकारलाई आफैँले कमजोर बनाएको आरोपसमेत नेपालले लगाए । ‘दुई तिहाइको सरकारलाई कमजोर बनाउन पहिला माओवादीलाई अलग गराए’, उनले भने, ‘त्यसपछि हामीलाई समेत घोक्र्याएर पार्टीबाट निकाले ।’

ओलीले ठूला कुरा मात्र गरेको उनले दाबी गरे । काम एउटै नगरेर देशभर एकै पटक विभिन्न कार्यक्रम घोषणा गरेर गिनिजबुकमा नाम लेखाउने काम गरेको उनको भनाइ थियो । धेरै गफ गर्ने गफाडी प्रधानमन्त्रीका रूपमा केपी ओलीको गिनिज बुकमा नाम लेखिने भन्दै नेपालले ओलीको भनाइलाई खिसी गर्न पनि भ्याए । 'ओलीले प्रधानमन्त्री हुँदा गरेका कामको फेहरिस्त हेर्ने हो भने काम केही छैन, कुरा मात्र हो', नेपालले भने । 

नेता नेपालले आफूहरूसँग मत मिल्ने जुनसुकै पार्टीसँग एकता हुन सक्ने तर नेकपा एमालेसँग त्यस्तो कुनै संभावना नरहेको ठोकुवासमेत गरे । ‘यसमा जनताले निश्चिन्त भए हुन्छ', उनले भने । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक