१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘अन्तिम लडाइका लागि तयार रहनुस्’

९ कार्तिक २०७८, मंगलवार १४:१६

कात्तिक ९, काठमाडौं | लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेश शिक्षा, विकास र स्वास्थ्यमा पछाडी परेको बताएका छन् ।  सर्लाहीस्थित बरहथवामा आयोजित दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ठाकुरले मधेशीलाई संविधानले न्याय नदिएको बताएका छन् । 

'यो संविधान हाम्रो पक्षमा छैन, म सधै सन्तुलित संविधानको माग गरिरहेको छु,' उनले भने । उनले आउँदो निर्वाचनमा मधेशी जनतालाई आफ्नो भोट मधेशको पक्षमा दिन आग्रह गरेका छन् । 

'हामी हनुमान हौं । किनकी हामीलाई हाम्रो शक्तिको महसुस छैन,' उनले भने, 'अब हाम्रो भोट हाम्रै लागि प्रयोग हुनुपर्छ ।' उनले विशेषत नागरिकताको समस्यामा सरकारले बेवास्ता गरिरहेको आरोप लगाएका छन् । 

सोही कार्यक्रममा लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले मधेशी जनता नयाँ आन्दोलनको लागि तयार भएर बस्न भनेका छन् । 'अब कांग्रेस र कम्युनिष्टलाई भोट गरेर हाम्रो समस्याको समाधान हुदैन,' उनले भने, 'अब हामी अन्तिम संघर्षको लागि तयार हुनुको विकल्प छैन ।' उनले मधेशीसँगै आदिवासी, दलित, जनजाती, थारुलाई आफ्नो हक अधिकारको लागि आन्दोलनका लागि तयार रहन आग्रह गरे । 

'अब देशमा अन्तिम लडाई अर्थात् आन्दोलन गर्ने समय आइसकेको छ,' नेता महतोले भने । उनले मधेश आन्दोलनको बेला जेल परेकाहरू अझै केही जेलमै रहेको गुनासो गर्दै सरकारले नियतवस नछोडेको आरोप समेत लगाए । 

'राजनीतिक मुद्दामा आन्दोलन भयो तर हाम्रो दाजुभाइ अझै जेलमा हुनुहुन्छ,' उनले भने । उक्त कार्यक्रममा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोसँगै पूर्व मन्त्रीहरू अनिल झा, चन्दा चौधर लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक