कात्तिक ११, काठमाडौं | सरकारले विभिन्न देशका लागि राजदूत सिफारिस गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका र बेलायतमा नेपाली राजदूत पठाउन संसदीय सुनुवाइ समितिमा नामहरु सिफारिस गरेको हो । यी देशबाट हालै सरकारले राजदूत फिर्ता बोलाएको थियो ।
स्वास्थ्य मन्त्री विरोध खतिवडाले दिएको जानकारीअनुसार मन्त्रिपरिषद्ले भारतका लागि शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यको नाम सिफारिस गरेको हो ।