१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अर्ली इलेक्सन होइन, तीन तहकै चुनाव एकै पटक: माधव नेपाल

१२ कार्तिक २०७८, शुक्रबार ०४:४२

कात्तिक १२, पोखरा | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले पार्टी पनि अध्यक्ष केपी ओलीसँगै सति जाने बताएका छन् ।

‘एमालेको त भविष्य खत्तम । एमालेमा जाने कुरा त कल्पनै नगरे हुन्छ । त्यहाँ बस्ने मान्छेको बेहाल । जतिछिटो एमाले छोडे, त्यति छिटो उनीहरुको भविष्य सुध्रिन्छ,’ उनले भने, ‘एमालेमा बस्नेहरुको हरिविजोग हुनेवाला छ । त्यसको भविष्य नै छैन । टर्च बालेर खोज्नुपर्ने हुन्छ, कहाँ छ एमाले ? केपी ओली सँगसँगै त्यो एमाले सति जान्छ ।’

नेपालले प्रधानन्यायाधीश र न्यायालयमाथि केपी ओलीले नै हिलो छ्याप्ने काम गरेको भन्दै महाभियोग लाउने कुरा सम्भव नभएको बताए । ‘सर्वोच्च अदालतका न्यायाधीशले ५ पुसमा संविधान मिचेर प्रतिनिधिसभा भंग गर्ने प्रधानमन्त्रीविरुद्ध उभिएर जुन फैसला गर्नुभयो, त्यसको प्रसंशा दुनियाँले गरेको छ । त्यसपछि जेठ ७ गते उही प्रधानमन्त्रीले दुष्साहस गर्नुभयो । त्यसविरुद्ध पनि उहाँहरु उभिनुभयो,’ उनले अघि थपे, ‘विरोध गर्ने केपी ओली र तिनका हनुमान बाहेक अरुले गर्दैन । तिकडम गरेर सबैको राजीनामा माग्ने गलत काम हो । समाजका सबैको हुर्मत लिने, केपी ओलीको कामै त्यही हो ।’


पोखरामा पत्रकारसँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले सबैखाले निर्वाचन एकै पटक गर्न प्रस्ताव गरेका छन् । ‘अर्ली इलेक्सन किन गर्नुपर्‍यो ? बरु मिल्छ कि मिल्दैन थाहा छैन, तीनवटै निर्वाचन एकै पटक गर्न पर्छ कि भन्ने लागेको छ । खर्च पनि कम हुन्थ्यो । राष्ट्रको सम्पत्ति जोगिन्थ्यो होला,’ उनले भने, ‘कानुनी अड्चन छ कि छैन कुन्नी । हामी सल्लाह गर्छौं, मिल्छ भने त्यहि बाटोमा किन नजाने ?’

उनले तत्काल कुनैपनि पार्टीसँग एकीकरण नगर्ने तर चुनावसम्म पाँच दलीय गठबन्धन कायम रहने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक