१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री बेलायतबाट फर्किए लगत्तै नागरिकता ऐन पारित हुने प्रचण्डको दावी

१३ कार्तिक २०७८, शनिबार १२:२३

कात्तिक १३, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री देउवा बेलायतबाट फर्किए लगत्तै नागरिकता ऐन पारित हुने बताएका छन् । 

प्रचण्डले शनिबार सर्लाहीमा आयोजित एक कार्यक्रममा बोल्दै गठबन्धन सरकारले नै मधेसी जनताको नागरिकताको समस्या हल गर्ने बताए ।

प्रचण्डले  भने 'सबै प्राविधिक कुरा म अहिले भन्दिन । प्रधानमन्त्री फर्केर आएपछि नागरिकता ऐन पारित गरिनेछ । यो गठबन्धनले नै मधेसी जनताको नागरिकताको समस्या हल गर्यो भन्ने प्रमाणित गरिनेछ ।' 

हाल प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत भ्रमणमा छन् । उनी कात्तिक १८ गते स्वदेश फर्किदैछन् । नागरिकता ऐन पारित हुन नसक्दा संविधान अनुसार जन्मका आधारमा नागरिकता लिएका नेपाली नागरिकका सन्तानले नागरिकता पाउन सकेका छैनन् । यो समस्या मधेसमा धेरै छ ।

आफूहरुले केपी शर्मा ओली नेतृत्वको सरकारकै बेलामा नागरिकता ऐन पारित गर्न खोजे पनि सम्भव नभएको प्रचण्डले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक