२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

थवाङमा बन्यो पहिलो पटक एमाले गाउँ कमिटी

२०७८, १५ कार्तिक सोमबार १४:०२

कात्तिक १५, दाङ | रोल्पाको थवाङ माओवादीको आधार इलाका हो । माओवादीले सशस्त्र युद्ध घोषणा गरेदेखि २०७४ सालको निर्वाचनसम्ममा थवाङ माओवादीकै नियन्त्रणमा थियो । माओवादी एक हुँदासम्म थवाङ पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको माओवादीकै नियन्त्रणमा थियो । पछि माओवादीभित्र फुट भएपछि मोहन वैद्य हुँदै अहिले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाको पकडमा छ ।

२०७० सालको संसदीय निर्वाचनमा थवाङमा स्थापना गरिएको मतदान केन्द्र शून्य मतको भएको थियो । त्यति बेला एक मत पनि खसेको थिएन ।

माओवादीबाट अलग भएर बनेको विप्लव नेतृत्वको नेकपाले गरेको निर्वाचन बहिस्कारको नीतिका कारण थवाङ्गीहरू कुनै पनि चुनावी प्रक्रियामा सहभागी भएनन् । मतदान गराउन गएको टोली रित्ता बाकस बोकेर सदरमुकाम फर्किएको थियो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा विप्लव धारका नेताहरू स्वतन्त्र रूपमा उम्मेदवार भएर पालिका र वडाहरूमा निर्वाचित भए । त्यसपछि अन्य राजनीतिक दलहरूले पनि थवाङमा सक्रियता देखाए ।

थवाङमा अहिले चारवटा राजनीतिक दलको उपस्थिति देखिएको छ । माओवादी केन्द्र, विप्लव नेतृत्वको नेकपा, नेपाली कांग्रेस र नेकपा एमालेको उपस्थिति थवाङमा भएको छ ।

अहिलेसम्म नेकपा एमालेले आफ्नो संगठन विस्तार गर्न नसकेको थवाङमा पहिलो पटक आफ्नो सागठनिक संरचना निर्माण गरेको छ । एमालेको दशौँ महाधिवेशनअन्तर्गतको वडा र पालिका अधिवेशनमा थवाङमा एमालेले पालिका समिति गठन गरेको छ । एमाले रोल्पा अध्यक्ष बलराम बुढाले केही कार्यकर्ताहरू सम्पर्कमा भए पनि यसअघि संगठन बनाउन नसकेको र अहिले संगठन बनेको बताए । उनले  एमाले र माओवादी केन्द्रको एकीकरणपछि बनेको पार्टीका गतिविधिले थवाङमा एमाले छिर्न सकेको उल्लेख गरे ।

'पार्टी एकीकरणको कुराले पनि महत्त्वपूर्ण बनायो', उनले भने, 'त्यसमा एकीकरणपछि पुन: पार्टी पुरानै अवस्थामा फर्कंदा पनि जिल्लाका केही प्रभावशाली माओवादी नेताहरू एमालेमै बसेका कारण पनि थवाङमा गाउँ कमिटी बनाउन सकिएको हो ।' अदालतले फैसला गरेर दुई पार्टी अलग भएपछि थवाङमा जान सहज भएको उनले बताए । उनले थवाङ प्रवेशले ठूलो उत्साह थपिएको उल्लेख गरे । थवाङको हकमा बुढाले एमालेको पहिलो कमिटी भएको दाबी गरेका छन् ।  

अहिले देवबहादुर घर्तीको अध्यक्षतामा थवाङमा गरिएको अधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको बताए । सर्वसम्मत रूपमा चयन गरिएको गाउँ कमिटीको उपाध्यक्षमा सरस्वती नेपाली, सचिवमा मनोज बुढा, उपसचिवमा निर्मल परियार र मूलधन पुन समेटिएका छन् ।

सदस्यहरूमा धन पुन, दात रोका, तारा रोका, शैलेन्द्र दिनालु, किसन घर्ती मगर, बुलमाया घर्ती मगर, मिलन बिक, किस्मत घर्ती मगर, सुरेन्द्र घर्ती मगर, गोरे रोका, मूलबहादुर रोका, दीपक बुढा, पुरुषोत्तम बुढा, सन्देश बुढा, भूपेन्द्र बुढा, पार्वती रोकाय बुढा मगर, आशपुरा गुरुङ, गंगा बुढा, दिलकुमारी घर्ती, पूर्ण घर्ती, प्रशान्त घर्ती, लोकबहादुर घर्ती, बालकुमार रोका, बिस्नु रोका, योजना रोका, दिलकुमारी रोका, सुन्तुकी घर्ती, क्षेत्र घर्ती, खेत्ता घर्ती, नकस घर्ती रहेको ३५ सदस्यीय गाउँ कमिटी गठन गरिएको छ । थवाङमा यसअघि नेपाली कांग्रेसले पनि वडा र पालिका नेतृत्व चुनेको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा