२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

थवाङमा बन्यो पहिलो पटक एमाले गाउँ कमिटी

१५ कार्तिक २०७८, सोमबार १४:०२

कात्तिक १५, दाङ | रोल्पाको थवाङ माओवादीको आधार इलाका हो । माओवादीले सशस्त्र युद्ध घोषणा गरेदेखि २०७४ सालको निर्वाचनसम्ममा थवाङ माओवादीकै नियन्त्रणमा थियो । माओवादी एक हुँदासम्म थवाङ पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको माओवादीकै नियन्त्रणमा थियो । पछि माओवादीभित्र फुट भएपछि मोहन वैद्य हुँदै अहिले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाको पकडमा छ ।

२०७० सालको संसदीय निर्वाचनमा थवाङमा स्थापना गरिएको मतदान केन्द्र शून्य मतको भएको थियो । त्यति बेला एक मत पनि खसेको थिएन ।

माओवादीबाट अलग भएर बनेको विप्लव नेतृत्वको नेकपाले गरेको निर्वाचन बहिस्कारको नीतिका कारण थवाङ्गीहरू कुनै पनि चुनावी प्रक्रियामा सहभागी भएनन् । मतदान गराउन गएको टोली रित्ता बाकस बोकेर सदरमुकाम फर्किएको थियो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा विप्लव धारका नेताहरू स्वतन्त्र रूपमा उम्मेदवार भएर पालिका र वडाहरूमा निर्वाचित भए । त्यसपछि अन्य राजनीतिक दलहरूले पनि थवाङमा सक्रियता देखाए ।

थवाङमा अहिले चारवटा राजनीतिक दलको उपस्थिति देखिएको छ । माओवादी केन्द्र, विप्लव नेतृत्वको नेकपा, नेपाली कांग्रेस र नेकपा एमालेको उपस्थिति थवाङमा भएको छ ।

अहिलेसम्म नेकपा एमालेले आफ्नो संगठन विस्तार गर्न नसकेको थवाङमा पहिलो पटक आफ्नो सागठनिक संरचना निर्माण गरेको छ । एमालेको दशौँ महाधिवेशनअन्तर्गतको वडा र पालिका अधिवेशनमा थवाङमा एमालेले पालिका समिति गठन गरेको छ । एमाले रोल्पा अध्यक्ष बलराम बुढाले केही कार्यकर्ताहरू सम्पर्कमा भए पनि यसअघि संगठन बनाउन नसकेको र अहिले संगठन बनेको बताए । उनले  एमाले र माओवादी केन्द्रको एकीकरणपछि बनेको पार्टीका गतिविधिले थवाङमा एमाले छिर्न सकेको उल्लेख गरे ।

'पार्टी एकीकरणको कुराले पनि महत्त्वपूर्ण बनायो', उनले भने, 'त्यसमा एकीकरणपछि पुन: पार्टी पुरानै अवस्थामा फर्कंदा पनि जिल्लाका केही प्रभावशाली माओवादी नेताहरू एमालेमै बसेका कारण पनि थवाङमा गाउँ कमिटी बनाउन सकिएको हो ।' अदालतले फैसला गरेर दुई पार्टी अलग भएपछि थवाङमा जान सहज भएको उनले बताए । उनले थवाङ प्रवेशले ठूलो उत्साह थपिएको उल्लेख गरे । थवाङको हकमा बुढाले एमालेको पहिलो कमिटी भएको दाबी गरेका छन् ।  

अहिले देवबहादुर घर्तीको अध्यक्षतामा थवाङमा गरिएको अधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको बताए । सर्वसम्मत रूपमा चयन गरिएको गाउँ कमिटीको उपाध्यक्षमा सरस्वती नेपाली, सचिवमा मनोज बुढा, उपसचिवमा निर्मल परियार र मूलधन पुन समेटिएका छन् ।

सदस्यहरूमा धन पुन, दात रोका, तारा रोका, शैलेन्द्र दिनालु, किसन घर्ती मगर, बुलमाया घर्ती मगर, मिलन बिक, किस्मत घर्ती मगर, सुरेन्द्र घर्ती मगर, गोरे रोका, मूलबहादुर रोका, दीपक बुढा, पुरुषोत्तम बुढा, सन्देश बुढा, भूपेन्द्र बुढा, पार्वती रोकाय बुढा मगर, आशपुरा गुरुङ, गंगा बुढा, दिलकुमारी घर्ती, पूर्ण घर्ती, प्रशान्त घर्ती, लोकबहादुर घर्ती, बालकुमार रोका, बिस्नु रोका, योजना रोका, दिलकुमारी रोका, सुन्तुकी घर्ती, क्षेत्र घर्ती, खेत्ता घर्ती, नकस घर्ती रहेको ३५ सदस्यीय गाउँ कमिटी गठन गरिएको छ । थवाङमा यसअघि नेपाली कांग्रेसले पनि वडा र पालिका नेतृत्व चुनेको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान