१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भूमि व्यवस्था मन्त्री श्रेष्ठलाई प्रश्न: चुच्चे नक्साको क्षेत्रफल गोप्य राख्नुपर्ने कारण के ?

१६ कार्तिक २०७८, मंगलवार ०२:४८

कात्तिक १६, काठमाडौं | भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले चुच्चे नक्सापछिको नेपालको बढेको क्षेत्रफल सार्वजनिक नगरेको विषयमा बुझ्ने प्रतिक्रिया दिएकी छन् । 

सोमबार मन्त्रालयमा सञ्चारकर्मीसँगको भेटमा मन्त्री श्रेष्ठले आफ्नो लागि मन्त्रालय विल्कुल नयाँ भएको र बुझेर धारणा सार्वजनिक गर्ने बताइन् । 

सञ्चारकर्मीले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर चुच्चे नक्सा जारी गरेपछि नापी विभागले उक्त भूभागमा क्षेत्रफल नापेर बढेको तथ्यांक सरकारलाई बुझाएको तर सरकारले सार्वजनिक नगरेको भन्दै प्रश्न गरेका थिए । मन्त्रालय अधिकांश सञ्चारकर्मीको जोड यहीँ विषयमा थियो ।‘क्षेत्रफल गोप्य राखियो । कर्मचारीलाई बोल्न दिइएको छैन । पाठ्यपुस्तकबाट पनि हटाइयो । आधिकारिक क्षेत्रफल गोप्य राख्नुपर्ने कारण के ?' भनेर सोधेका थिए ।  


सञ्चारकर्मीले नेपाल भारतबीच नियमित सीमांकनको काम पनि चुच्चे नक्साकै कारण नभइरहेको, सीमा बैठक पनि प्रभावित भइरहेको प्रश्न पनि उठाएका थिए । 

तर मन्त्री श्रेष्ठले सुझाव लिनमात्रै बोलाएको भन्दै एक लाइनमा जवाफ दिइन्, ‘नेपालको क्षेत्रफलमा के रहेछ स्थिति बुझ्छु । बुझेर भन्छु ।' उनले बोलेर भन्दा कामबाट जवाफ दिने पनि बताइन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक