२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डको आश्वासन पूरा गर्लिन् त मन्त्री शशी श्रेष्ठले ?

२०७८, १६ कार्तिक मंगलवार ०३:१२

कात्तिक १६, काठमाडौं | भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सोमबार सुझाव लिन मन्त्रालयमा सञ्चारकर्मी बोलाइन् । उनले सुझाव मागे पनि सञ्चारकर्मीले प्रश्न तेर्स्याए ।

त्यसमा एक थियो, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आश्वासन । सोमबार कीर्तिपुरमा भएको कार्यक्रममा प्रचण्डले भनेका थिए, 'हाम्रो पार्टीले मन्त्रालय पाएको छ । चुनावअघि नै सबैले लालपूर्जा पाउँछन् ।'

यो आश्वासन सम्भव छ भन्ने प्रश्न माओवादी केन्द्रबाट मन्त्री बनेकी श्रेष्ठतिर सोधियो । प्रश्नको आशय थियो, 'प्रचण्डको आश्वासन शशीले मन्त्री भएर पूरा गर्न सक्छिन् कि वा प्रचण्डको राजनीतिक फण्डामात्रै हो ?'

'भन्नेभन्दा गर्नु उपयुक्त हुन्छ । मैले जे काम गर्छु त्यही समाचार बनोस् । यो गर्छु, त्यो गर्छु भन्दिन,' मन्त्री श्रेष्ठ अघि बढिन्, 'मेरो लागि यो मन्त्रालय विल्कुल नयाँ हो । यद्यपि नागरिकको हिसाबले भोगाई छ । यो मन्त्रालयको जिम्मेवारी दिएको छ । दिएको जिम्मेवारीबाट भाग्दिन ।' शशीले जिम्मेवारी दिएकाले पूरा गर्छु भन्ने आशय व्यक्त गरिन् ।

उनले यसको सुरुवात महोत्तरीबाट गर्न लागेको पनि जानकारी गराइन् । यसका लागि आफू मंगलबार महोत्तरी जान लागेको सुनाइन् ।

उनकाअनुसार महोत्तरीको रामगोपालपुरबाट लालपूर्जा बाँड्न सुरु हुँदैछ । शशीले सदरमुकाम जाने बाध्यता र झन्झट पनि अन्त्य गर्दै गाउँमै लालपूर्जा पाउनेगरी घुम्ती शिविर गर्न लागेको बताइन् । यसले सदरमुकाम गएर लाइन लाग्नुपर्ने अवस्था अन्त्य हुने, बिचौलिया र टेबुलमुनि घुस दिनुपर्ने अवस्था पनि निरुत्साहित हुने उनको विश्वास थियो । उनले ठूलो कामभन्दा सानो जनस्तरलाई छुने काम गरेर पछि ठूला काम गर्ने पनि उल्लेख गरिन् ।  

शशीले प्रचण्डको आश्वासन पूरा गर्न सकिन्छ भन्ने प्रश्नको जवाफ आउनेगरी सुकुम्बासी आयोगलाई छिट्टै पूर्णता दिएर काम अघि बढ्ने बताइन् । उनले अघिल्लो सरकारले प्रचारगरे जस्तो लाजपूर्जा बाँडेको नपाइएको भन्दै सुकुम्बासी आयोग खारेज गर्ने र नयाँ बनाउने निर्णयको बचाउ पनि गरिन । एक/दुई ठाउँमामात्र बाँडेको र १४ ठाउँमामात्रै तयारी रहेको भन्दै यद्यपि राम्रो कामको स्वामित्व लिने बताइन् । प्रचण्डको आश्वासन पूरा हुनेरनहुने स्पष्ट जवाफ शशीबाट नआए पनि उनले कुराभन्दा काम गरेर जाने सन्देश दिइन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो