१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘घोक्रेठ्याक लगाउनुपर्ने चोलेन्द्रलाई भेट्न म किन जाने ?’ – बार अध्यक्ष

२५ कार्तिक २०७८, बिहीबार ०७:४३

कात्तिक २५, काठमाडौं | प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले जारी राखेको धर्नामा अप्रत्यासित रूपमा प्रहरी हस्तक्षेप भएपछि नेपाल बार एसोसिएसन आक्रोशित बनेको छ । 

महासचिव लिलामणि पौडेलसहितका छ जना अधिवक्ताहरूमाथि प्रहरीले लछारपछार गरेको भन्दै आक्रोसमा आएको बार प्रधानन्यायाधीश जबराले बार अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई भेट्न बोलाएपछि थप आक्रोशित भएको हो । 

प्रहरीसँगको घम्साघम्सीबीच सर्वोच्च अदालतको सुरक्षार्थ खटिएका एसपी दीपक रेग्मीले श्रेष्ठलाई प्रधानन्यायाधीशले बोलाएको भन्दै भेट्न आग्रह गरेका थिए । 

तर, श्रेष्ठ भने एक्लै भेट्न नजाने भन्दै कड्किए ।  ‘वरिष्ठज्यू सम्माननीयज्यूले माथि बोलाउनुभएको छ,’ एसपीले यति भनिनसक्दै  श्रेष्ठ ‘अब म बोल्छु’ भन्दै ठूलो स्वरमा कराए, ‘चोलेन्द्रलाई अब च्यूत गर्नैपर्छ । अब सम्मानजनक बहिर्गमन होइन घोक्रेठ्याक लगाउनुपर्छ ।’

श्रेष्ठले न्युज कारखानासँगको कुराकानीमा जबरासँग राजीनामा दिएपछि मात्र भेट्ने प्रतिकृया दिए । तर, बार एसोसिएसनकै पदाधिकारी भने श्रेष्ठको मंगलबारको अभिव्यक्तिलाई लिएर प्रधानन्यायाधीश असन्तुष्ट गरेको र त्यही विषयमा कुराकानी गर्न भेट्न बोलाएको बताउँछन् । 

श्रेष्ठले मंगलबारको विरोध कार्यक्रममा जबरालाई बिचौलियका नाइके भनेका थिए । बारका ती पदाधिकारीका अनुसार जबराले श्रेष्ठलाई बोलाएर अभिव्यक्तिको विषयलाई लिएर अपहेलना लगाउन सक्छु भनेर धम्काउन बोलाएको दाबी गर्छन् । 

सर्वोच्च अदालत प्रशासनले भने बारका ती अधिकारीको भनाइ खण्डन गरेको छ । ‘त्यस्तो केही हुँदै होइन, उहाँले निकासका लागि सम्वादमा बसौं भन्न बोलाउन खोज्नुभएको हो,’ सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले भने ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक