२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘घोक्रेठ्याक लगाउनुपर्ने चोलेन्द्रलाई भेट्न म किन जाने ?’ – बार अध्यक्ष

२०७८, २५ कार्तिक बिहीबार ०७:४३

कात्तिक २५, काठमाडौं | प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले जारी राखेको धर्नामा अप्रत्यासित रूपमा प्रहरी हस्तक्षेप भएपछि नेपाल बार एसोसिएसन आक्रोशित बनेको छ । 

महासचिव लिलामणि पौडेलसहितका छ जना अधिवक्ताहरूमाथि प्रहरीले लछारपछार गरेको भन्दै आक्रोसमा आएको बार प्रधानन्यायाधीश जबराले बार अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई भेट्न बोलाएपछि थप आक्रोशित भएको हो । 

प्रहरीसँगको घम्साघम्सीबीच सर्वोच्च अदालतको सुरक्षार्थ खटिएका एसपी दीपक रेग्मीले श्रेष्ठलाई प्रधानन्यायाधीशले बोलाएको भन्दै भेट्न आग्रह गरेका थिए । 

तर, श्रेष्ठ भने एक्लै भेट्न नजाने भन्दै कड्किए ।  ‘वरिष्ठज्यू सम्माननीयज्यूले माथि बोलाउनुभएको छ,’ एसपीले यति भनिनसक्दै  श्रेष्ठ ‘अब म बोल्छु’ भन्दै ठूलो स्वरमा कराए, ‘चोलेन्द्रलाई अब च्यूत गर्नैपर्छ । अब सम्मानजनक बहिर्गमन होइन घोक्रेठ्याक लगाउनुपर्छ ।’

श्रेष्ठले न्युज कारखानासँगको कुराकानीमा जबरासँग राजीनामा दिएपछि मात्र भेट्ने प्रतिकृया दिए । तर, बार एसोसिएसनकै पदाधिकारी भने श्रेष्ठको मंगलबारको अभिव्यक्तिलाई लिएर प्रधानन्यायाधीश असन्तुष्ट गरेको र त्यही विषयमा कुराकानी गर्न भेट्न बोलाएको बताउँछन् । 

श्रेष्ठले मंगलबारको विरोध कार्यक्रममा जबरालाई बिचौलियका नाइके भनेका थिए । बारका ती पदाधिकारीका अनुसार जबराले श्रेष्ठलाई बोलाएर अभिव्यक्तिको विषयलाई लिएर अपहेलना लगाउन सक्छु भनेर धम्काउन बोलाएको दाबी गर्छन् । 

सर्वोच्च अदालत प्रशासनले भने बारका ती अधिकारीको भनाइ खण्डन गरेको छ । ‘त्यस्तो केही हुँदै होइन, उहाँले निकासका लागि सम्वादमा बसौं भन्न बोलाउन खोज्नुभएको हो,’ सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले भने ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो