१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वसांसद फुयाँलसहित तीन नेताले दिए नेकपामालेबाट राजीनामा

२५ कार्तिक २०७८, बिहीबार ०८:२८

कात्तिक २५, खोटाङ | नेकपा (माले)का पोलिटब्यूरो सदस्य एवं खोटाङका पुर्वसांसद कुलप्रसाद फुयाँलसहित तीन जनाले पार्टीबाट राजीनामा दिएका छन् । पार्टी नेतृत्वप्रति असहमति जनाउँदै पूर्वसांसद फुयाँल, नेकपाका केन्द्रीय सदस्य श्यामराज राई र कारीप्रसाद यादवले पार्टीको सदस्य र सम्पूर्ण जिम्मेवारीबाट मुक्त हुने गरी राजीनामा दिएका हुन् । एमालेबाट राजीनामा दिने फुयाँल प्रदेश कमिटी सचिव पनि हुन् । 

नेतृत्वले पार्टीभित्रका जायज सुझाव र फरक मतलाई निषेध गर्ने नीति अवलम्वन गर्दै आएको, पार्टीभित्र उठ्ने आलोचनालाई पूर्वाग्रही ढंगले हेर्दैआएको अवस्थामा केही समयअघि केपी ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटन जस्तो असंवैधानिक कदमलाई परोक्ष रुपमा सहयोग र समर्थन गर्ने नीति अवलम्वन गरेर गलत कदमलाई नै निरन्तरता दिने कार्य गरेको आराेप लगाउँदै तीन नेताले पार्टी सदस्य र सम्पूर्ण जिम्मेवारीबाट मुक्त हुने गरी राजीनामा दिएका हुन् । अर्का केन्द्रीय सदस्य शंकर पोखरेलले पनि अलग्गै राजीनामा बुझाएका छन् । 


पार्टी महाधिवेशनद्धारा पारित विचार, दृष्टिकोण र कार्यनीतिका सम्बन्ध लिएका दृष्टिकोणहरुलाई पार्टीको मुल नेतृत्वले विवादास्पद र स्वेच्छाचारी रुपमा आफुखुसी व्याख्या विश्लेषण गर्दै आएको केन्द्रीय कमिटी सचिवलाई बुझाइएको राजीनामा पत्रमा उल्लेख छ । ‘खासगरी नेपालको संविधानमा उल्लेखित महत्वपूर्ण अन्तरवस्तु, संघीयता, धर्मनिरपेक्षण, गणतन्त्रलगायत अधिकारका विषयमा दुविधापूर्ण दृष्टिकोणहरू अलवम्बन गर्दैआएको छ,’ राजीनामा पत्रमा भनिएको छ, ‘यी दृष्टिकोणहरू पार्टीको गत महाधिवेशनले पारित गरेको नीति, विचार, दृष्टिकोण र कम्युनिष्ट पार्टीले वर्तमान परिवेशमा लिनुपर्ने अग्रगामी दृष्टिकोण २०६२/०६३ को जनआन्दोलनको जगमा टेकेर अगाडि बढ्नुपर्नेमा सोभन्दा भिन्न रुपमा पुरातनवादी २०१७ साले दृष्टिकोण अगाडि सार्दैआएको छ, जसको कारणले पार्टीको विकास अवरुद्ध हुँदैआएको छ ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक