२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपाका महासचिव विप्लव धनगढीमा, ३० गते नेपाल बन्द घोषणा

२०७८, २५ कार्तिक बिहीबार १३:५७

मोहन जोशी | कात्तिक २५, धनगढी | नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) धनगढी पुगेका छन् । विप्लव निकट नेकपाले भोलि धनगढीमा आयोजना गर्ने आमसभालाई सम्बोधन गर्न उनी आएका हुन् । 

यसैगरी पिप्लवले पार्टीको भातृ संगठन दलित मुक्ति मोर्चा नेपालको कात्तिक २७ गतेदेखि धनगढीमा हुने राष्ट्रिय सम्मेलन उद्घाटन गर्ने कार्यक्रम रहेको विप्लवका सुदूरपश्चिम प्रदेश इन्चार्ज ओमप्रकाश पुनले बताए । राष्ट्रिय सम्मेलन उद्घाटन गरेर विप्लवले कञ्चनपुरस्थित भारतले अतिक्रमण गरेको भूभागको निरीक्षण गर्ने कार्यक्रम रहेको इन्चार्ज पुनले बताए । 

सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि त्यसको विरोधमा विप्लवले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । विप्लवले सो आन्दोलन पनि सुदूरपश्चिमबाटै गर्ने छन् ।


नेकपा विप्लवले प्रेस वक्तव्यमार्फत नेपाल बन्दसहितको संघर्षको कार्यक्रम घोषणा गरेको छ । जसअनुसार कात्तिक २५ गते दिउँसो ३ बजे देशव्यापी विरोध प्रदर्शन, कात्तिक २६ गते प्रचार/प्रसार र साँझ मशाल जुलुस, कात्तिक २७ गते दिउँसो १ बजेदेखि २ बजेसम्म एक घण्टा देशव्यापी प्रदर्शन, कात्तिक २८ गते बिहान १० देखि ११ बजेसम्म एक घण्टा चक्का जाम, कात्तिक २९ गते दिउँसो सिट्ठी जुलुस, साँझ मशाल जुलुस र कात्तिक ३० गते नेपाल बन्दसम्मका कार्यक्रमहरू घोषणा गरेको हो ।

सरकारले पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरे आन्दोलनका थप कार्यक्रम घोषणा गरिने सुदूरपश्चिम प्रदेश इन्चार्ज पुनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला