कात्तिक २६, काठमाडौं | नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वकीय सचिवमा रमेश मल्ललाई नियुक्त गरेका छन् । मल्ल अखिल क्रान्तिकारीका पूर्व-अध्यक्ष हुन् ।
माओवादीको स्थायी समितिको मंगलबारको बैठकले प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महरालाई लुम्बिनी प्रदेशको सहइञ्चार्जको जिम्मेवारी दिएपछि मल्ललाई नियुक्त गरिएको हो ।