२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बार बहसमा नआएसम्म इजलास जाँदैनौँ: न्यायाधीश

२०७८, २६ कार्तिक शुक्रबार ११:०७

कात्तिक २६, काठमाडौं | प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आएका सर्वाेच्च अदालतका १९ जना न्यायाधीश नेपाल बार एसोसिएसन बेन्चमा आएर बहस नगरेसम्म इजलासमा नजाने बताएका छन् । 

कार्यपालिकासँग राजनीतिक भागबन्डा खोजेकोलगायतका आरोपमा लगाएर प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै १९ जना न्यायाधीश र बार आन्दोलनमा उत्रिएका छन् । 

सुरुमा इजलासमा नबसेका न्यायाधीशहरू पछिल्लो केही दिन बन्दी प्रत्यक्षीकरणका मुद्दा हेरेका थिए । तर, बिहीबार र शुक्रबार सर्वोच्च परिसरमा कानुन व्यवसायीमाथि भएको प्रहरी हस्तक्षेपपछि उनीहरू अब बार बेन्चमा आएर बहस नगरेसम्म इजलास नफर्कने र कुनै पनि मुद्दा नहेर्ने भएका हुन् । 

‘शुक्रबार पनि बन्दी प्रत्यक्षीकरणको मुद्दा हेरेनौँ’, एक न्यायाधीशले न्युज कारखानासँग भने, ‘अब हामी बार बहसका लागि बेन्चमा नआएसम्म हामीहरू इजलासमा जाँदैनौँ र कुनै पनि मुद्दा हेर्दैनौँ ।’

कानुन व्यवसायीमाथि भएको हातपात र बल प्रयोगप्रति न्यायाधीशहरूले दुःख व्यक्त गर्दै बारको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् । ‘हिजो र आज सर्वाेच्च परिसरमै कानुन व्यवसायी घाइते हुने गरी भएको प्रहरीको बल प्रयोगप्रति हामीलाई दुःख लागेको छ’, ती न्यायाधीश भन्छन्, ‘बारको आन्दोलनप्रति हाम्रो ऐक्यबद्धता छ ।’ अहिले भइरहेको विवाद र समस्याको समाधान प्रधानन्यायाधीश जबराले दिनुपर्ने र यसका लागि उनले राजीनामा दिनुपर्ने ती न्यायाधीशको तर्क छ ।

बिहीबार सर्वाेच्च परिसरमा छ जना कानुन व्यवसायी घाइते हुने गरी प्रहरीले बल प्रयोग गरेपछि बारले शुक्रबार प्रधानन्यायाधीश जबरालाई कार्यालय प्रवेशमा रोक लगाउने गरी धर्ना दिएको थियो । तर, जबराले दैनिक प्रयोग गर्ने नभएर अर्कै गेटबाट कार्यालय प्रवेश गरेका थिए । 

कानुन व्यवसायीमाथि भएको हातपातको विरोध र प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म नेपाल बार एसोसिएसनले बहस पैरवीमा सहभागी नहुने बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो