१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्ड विरामी परेपछि रोकियो कार्यक्रम, एमाले र लोसपादेखि सीके राउतसम्म सक्रिय

२७ कार्तिक २०७८, शनिबार १०:४४

विशाल बस्नेत | कात्तिक २७, महोत्तरी | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' महोत्तरी आउने कार्यक्रम आज स्थगित भएको छ । अध्यक्ष प्रचण्डको स्वास्थ्यमा समस्या देखिएपछि कार्यक्रम  स्थगित गरिएको माओवादी केन्द्र महोत्तरीले जनाएको छ ।

आज महोत्तरीको रामगोपालपुरमा अध्यक्ष प्रचण्डले आमसभालाई सम्बोधन गर्दै ७ वटा वडाको स्वास्थ्य भवन एकसाथ उद्घाटन गर्ने कार्यक्रम थियो ।

'अध्यक्ष प्रचण्डको स्वास्थ्यमा अचानक समस्या देखिएपछि प्रदेश कमिटीको निर्देशन बमोजिम कार्यक्रम स्थगित गरेका छौं,' माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खड्काले भने ।

यता महोत्तरीको मनरासिस्वा नगरपालिकामा सीके राउत नेतृत्को जनमत पार्टीको कार्यक्रम छ । नयाँ पार्टीको प्रचारप्रसार र मूल पार्टीको अधिवेशनले अहिले महोत्तरी राजनीतिमय बनेको छ ।

त्यसैगरी औरही नगरपालिकामा पनि शरत् सिंह भण्डारीको सहभागितामा विशाल आमसभा हुने भएको छ ।


आजै नेपाली कांग्रेस महोत्तरीले जिल्लाका १३८ वटै वडामा अधिवेशनको तयारी गरेको छ । शुक्रबारदेखि नै सिक्षक संघमा आबद्ध शिक्षकहरुलाई निर्वाचन अधिकृतको रुपमा १३८ जना शिक्षकहरु परिचालन गरिसकेको छ ।

नेकपा एमालेले महाधिवेशन प्रतिनिधि चयन गर्नेदेखि कांग्रेसको वडा, नगर र जिल्ला अधिवेशनको कारण महोत्तरीमा राजनीतिक दलका नेता कार्यकर्ताको चहलपहल बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक