१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

देउवाको नेतृत्वमा १४औं महाधिवेशन मूल तयारी समिति गठन, कसलाई के जिम्मेवारी ?

२८ कार्तिक २०७८, आईतवार १३:३७

कात्तिक २८, काठमाडौं | नेपाली कांग्रेसले मंसिर अन्तिम साता हुने १४औं महाधिवेशनका लागि मूल तयारी समिति गठन गरेको छ ।

बुढानिलकण्ठमा बसेको पार्टी पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा १४औं महाधिवेशन मूल तयारी समिति गठन गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

१४ औं महाधिवेशन मूल तयारी समितिमा केन्द्रीय कार्यसमितिका सदस्यहरु, आमन्त्रित केन्द्रीय सदस्यहरु, संघीय संसदका सदस्यहरु, सातै प्रदेशका संसदीय दलका नेताहरु सदस्य रहेका छन् ।

प्रवक्ता शर्माका अनुसार अर्थ संकलनका लागि केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीको संयोजकत्वमा समिति गठन गरिएको छ । समिति पूर्णता दिने अधिकार कार्कीलाई नै दिइएको छ ।

भोजन तथा आवास व्यवस्थापनमा केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समितिमा पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महत, प्रचार प्रसार समितिमा प्रवक्ता विश्वप्रकाश शर्मा, उद्घाटन समारोह मञ्च व्यवस्थापन समितिमा काठमाडौंका जिल्ला सभापति संयोजक रहनेगरी भक्तपुर र ललितपुरका सभापतिलाई जिम्मा दिइएको छ ।

स्वास्थ्य समितिमा मोहनबहादुर बस्नेत, सांस्कृतिक समितिमा केन्द्रीय सदस्य सीता गुरुङ, स्वयंसेवक व्यवस्थापक मूल समितिको संयोजकमा नेपाल भूतपूर्वसैनिक संघका अध्यक्ष कर्णेल धनबहादुर मास्के राना रहेका छन् । यी समितिमा संयोजकहरुले आवश्यकताअनुसार सदस्य चयन गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

धेरै जिल्लामा वडा अधिवेशन भइसकेको र स्थगित भएका केही जिल्लाको अधिवेशन केन्द्रीय निर्वाचन समितिले तय गर्ने प्रवक्ता शर्माले बताए । उनकाअनुसार ३ मंसिरमा हिमाली पहाडी जिल्ला (जहाँ एउटा निर्वाचन क्षेत्र छ) बाहेक एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लाहरुमा प्रदेश अधिवेशन हुँदैछ ।

६ गते संघीय क्षेत्रको अधिवेशन भएर १० मंसिरमा सम्पन्न भइसकेका हिमाली जिल्ला बाहेक सबै जिल्लाको जिल्ला अधिवेशन हुनेछ । आयोजना गर्न आयोजक समितिहरु पनि गठन गरिएको छ ।

प्रदेशमा प्रदेश सभापतिको नेतृत्वमा, संघमा संघीय सभापतिको नेतृत्वमा र जिल्लामा जिल्ला सभापतिको नेतृत्वमा समिति रहने प्रवक्ता शर्माले बताए । तर सातवटा प्रदेशमा प्रदेश संरचना पहिलोपटक बनाउन लागेकाले १६-१७ मंसिरमा सम्पन्न हुने अधिवेशनका लागि केन्द्रबाट संयोजक तोकेर आयोजक समिति प्रस्ताव गरिएको छ ।

प्रदेश १ मा पूर्वमहामन्त्री कृष्ण सिटौला, प्रदेश २ मा रमेश रिजाल, बागमतीमा पूर्वमहामन्त्री प्रकाशमान सिंह, गण्डकी प्रदेशमा पूर्वउपसभापति गोपालमान श्रेष्ठ, लुम्बिनी प्रदेशको बुटवलमा हुने अधिवेशनका लागि गृहमन्त्री बालकृष्ण खाड, कर्णाली प्रदेशमा मुख्यमन्त्री जीवनबहादुर शाही, सुदूरपश्चिममा कानुन मन्त्री दिलेन्द्रप्रसाद बडू तोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक