प्रकाश पाक्सावा | कात्तिक २९, तेह्रथुम | नेकपा (एमाले) तेह्रथुमले १०औँ महाधिवेशनका लागि सहमतिमै प्रतिनिधि चयन गरेको छ । १०-१२ मंसिरमा चितवनमा हुने महाधिबेशनका लागि प्रतिनिधि चयन गरिएको हो ।
खुलातर्फ लछुमन तिवारी, शिव ढुंगाना,सञ्जयकुमार तुम्बाहाम्फे, किशोरचन्द्र दुलाल, रामचन्द्र थपलिया र राम्रसाद तिम्सीना महाधिवेशन प्रतिनिधि बनेका छन् । महिलातर्फ रेनुका भट्टराई र रुपा कन्दङवा छनोट भएका छन् ।
दलिततर्फ अनुभूति नेपालीलाई चयन गरिएको जिल्ला सचिव शिव ढुंगानाले जानकारी दिए ।
सोमबार म्याङलुङ नगरपालिकाको नेतृत्व चयन हुनेछ ।