१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

माओवादीको वडा अधिवेशन: खोटाङमा दुई हजारले नयाँ जिम्मेवारी पाउँदै

४ मंसिर २०७८, शनिबार ०३:३६

मङ्सिर ४, खोटाङ | खोटाङमा नेकपा (माओवादी केन्द्र)को वडा अधिवेशनमार्फत २ हजार नेता-कार्यकर्ताले नयाँ जिम्मेवारी पाउँदैछन् । ७९ वडा रहेको जिल्लामा पदाधिकारीसहित प्रतिवडा २९ सदस्यीय वडा कमिटी निर्माणका क्रममा २ हजार २ सय ९१ जनाले नयाँ जिम्मेवारी पाउन लागेका हुन् ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको सबै वडामा अधिवेशको तयारी पूरा भएको नेकपा (माओवादी केन्द्र) खोटाङका संयोजक देवान किराती पृथ्वीले बताए । 

शनिबार पाँच वडाबाहेक अन्य वडामा नेतृत्व चयन हुनेछ । पाँच वडामा भने वडा नेतृत्वको आफन्तको मृत्यु भएका लगायतका कारण वडा अधिवेशन हुन नसकेकाे संयोजक किरातीले बताए । माओवादी केन्द्रको वडा अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षसहित सदस्य चयन गर्ने छन् । वडा कमिटीमा ३५ प्रतिशत महिला र १० प्रतिशत दलितको प्रतिनिधित्व हुनेछ ।

माओवादी केन्द्रले ११ मंसिरमा पालिका, २५ मंसिरमा प्रदेश तथा ११ पुसदेखि १३ पुसमा काठमाडाैंमा राष्ट्रिय सम्मेलन गर्दैछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक