१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कांग्रेस कास्कीमा सकियो प्रदेश अधिवेशन, काे-काे निर्वाचित भए ?

४ मंसिर २०७८, शनिबार ०३:४३

मङ्सिर ४, पोखरा | नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत कास्कीका सबै प्रदेश निर्वाचन क्षेत्रको मत परीणाम सार्वजनिक भएको छ । मत परीणाम अनुसार सबैजसो क्षेत्रमा प्यानलका उम्मेदवार निर्वाचित भएका छन् ।

क्षेत्र नम्बर १ (क) को सभापतिमा दुर्गाप्रसाद सुवेदी विजयी भएका छन् । सुवेदीले मुराहरी कोइरालालाई १७ मतले पराजित गरेका हुन् । सुवेदीले २२६ मत ल्याउँदा कोइरालाले २०९ मत पाए । उपसभापतिमा निर्मला ढुंगाना र सुकदेव गुरुङ, सचिवमा शिवराज अधिकारी र ध्रुवराज अधिकारी तथा सहसचिवमा सुवास भण्डारी र विष्णु गुरुङ निर्वाचित भएका छन् ।

१ (ख) को सभापतिमा कृष्ण कोइराला विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी अर्जुन गुरुङलाई १५ मत अन्तरले पराजित गरे । कोइरालाले १८८ मत ल्याए भने गुरुङले १७३ मत पाए ।

उपसभापति, सचिव र सहसचिवमा पनि प्रतिस्पर्धा भएको छ । अबेर राति सकिएको मतगणना अनुसार उपसभापतिमा विकास गुरुङ र विष्णुप्रसाद बराल, कर्तीबल्लभ त्रिपाठी र महेश कार्की तथा सहसचिवमा महेन्द्र गुरुङ र रामकुमारी पौडेल विजयी भए ।

२ (क) मा दिनेश आचार्य विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी वर्षाकेशव पराजुलीलाई ३० मतले पराजित गरेका हुन् । आचार्यले १२१ मत ल्याउँदा पराजुलीले ९१ मत मात्रै पाए । उपसभापतिमा माधवप्रसाद बराल र चेतबहादुर महत विजयी भए भने सचिवमा टंकप्रसाद भण्डारी र नारायणप्रसाद शर्मा विजयी भए । सहसचिवमा गीता भण्डारी र केशवराज लामिछाने सर्वसम्मत चयन भएका हुन् ।

प्रदेश निर्वाचन क्षेत्र (ख) अन्तर्गत सभापतिमा दीपेन्द्र मर्सानी विजयी भए । मर्सानीले १४२ मत पाए भने निकटतम प्रतिस्पर्धी सुवास सिग्देलले १२० मत पाए । उपसभापतिमा सरिता पराजुली र होमबहादुर बानियाँ विजयी भए भने सचिवमा सुवर्ण केसी र शिरषकुमार बास्तोला निर्वाचित भएका छन् । सहसचिवमा निलम बाटाजु र सुरेश खवास सर्वसम्मत चयन भएका थिए ।

क्षेत्र नम्बर ३ (क) को सभापतिमा पुष्पेन्द्र पाण्डे विजयी भएका छन् । उनले १६६ मत ल्याउँदा निकटतम दीपकराज पौडेलले १५६ मत पाए । उपसभापतिमा धनबहादुर थापा र दिलीप गिरी विजयी भए भने सचिवमा गंगाबहादुर गुरुङ र प्रकाशचन्द्र सापकोटा तथा सहसचिवमा अनिल गुरुङ र विष्णुप्रसाद अधिकारी विजयी भएका छन् ।

३ (ख) को सभापतिमा जीवनाथ पौडेल ‘शंकर’ नयाँ सभापति बनेका छन् । उनले निकटतम प्रतिश्पर्धी दिपकवीर कुँवरलाई १०३ मतको फराकिलो अन्तरले हराउँदै सभापति बनेका हुन् । पौडेलको २२७ र कुँवरको १२४ मत छ । उपसभापतिमा पदमबहादुर गुरुङ, पार्वतिदेवी कोइराला निर्वाचित भए भने सचिवमा ठाकुर बराल र बाबुराम भण्डारी तथा सहसचिवमा चित्रबहादुर गुरुङ र भीममाया सुवेदी निर्वाचित भएका छन् ।

प्रदेश निर्वाचन क्षेत्रको कार्यसमिति सहित प्रदेश अधिवेशन प्रतिनिधि पनि निर्वाचित भएका निर्वाचन अधिकृत रामचन्द्र पौडेल (विमल) ले जानकारी दिए । विधान अनुसार प्रत्येक क्षेत्रबाट १७ जना प्रतिनिधि छनोट भएका छन् । खुलातर्फ ७, महिला ३, खस आर्य खुला २, खस आर्य महिला १, आदिवासी जनजाति खुला, आदिवासी जनजाति महिला, दलित, अल्पसंख्यक तथा अपांगता कोटाबाट १-१ जना निर्वाचित भएका छन् । अब ६ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्र अन्तर्गतको अधिवेशन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक