2026-10-03 12:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

७५ मध्ये ७० वडामा माओवादी अधिवेशन

मङ्सिर ५, उदयपुर | सत्तारुढ नेपाल कम्युनिस्ट पाटी माओवादी केन्द्र उदयपुरको शनिवार वडा अधिवेशन ७० वडामा सम्पन्न भएको छ । उदयपुरको आठ स्थानीय तहको ७५ वडा मध्ये ७० वटामा अधिवेशन भएको हो । 

देशभरी एकैदिन वडा अधिवेशन गर्ने पार्टी निर्देशनअनुसार उदयपुरका ७५ वटै वडामा अधिवेशन गर्ने तयारी गरिए पनि प्राविधिक कारणले पाँच वटामा भने आइतबार गर्नुपर्ने भएको छ । पार्टी जिल्ला समन्वय कमिटी अध्यक्ष विनोद कटुवालकाअनुसार शनिबार सबै वडामा एकैदिन अविधेशन गर्ने तय भए पनि प्राविधिक कारणले पाँच वटा वडामा आइतवार गर्ने तय भएको छ । 

पाँच वटा बाहेक जिल्लाका सबै वडामा अविधेशन भएको र कतिपयमा सर्वसम्मत नेतृत्व चयन भइसकेको जानकारी आएको अध्यक्ष कटुवालले बताए । कटारी नगरपालिकाको २ र  त्रियुगाका ४ वटा वडामा आइतबार गर्ने गरी अविधेशन स्थगित गरिएको उनले बताए । 

सदरमुकाम भएकाले सब भन्दा महत्वपूर्ण मानिने त्रियुगा नगरपालिका ११ नंं वडाको अधिवेशन साँझ सम्पन्न भएको छ । अधिवशेनले आयोजक कमिटीकै संयोजक. रहेका शिवकुमार खड्काको अध्यक्षतामा २९ सदस्यीय नयाँ कमिटी चयन गरेको छ । उपाध्यक्षमा राम बराईली, सचिव सोनामसिंह दनुवार, सहसचिव मनिषा राई र कोषाध्यक्षमा बिमला बस्नेत छानिएका छन् । 

अधिवेशनले ९ जना नगर प्रतिनिधि र पुराना बामपन्थी विश्वेश्वर राईको संयोजकत्वमा ६ सदस्यीय सल्लाहकार कमिटी पनि गठन गरेको छ । त्यस्तै २ जना जेष्ठ नागरिक प्रतिनिधिको पनि चयन गरेको पार्टीले जनाएको छ । 

लिमचुङबुङ गाउँपालिका ४ बलम्तामा सम्पन्न.अधिवेशनले गणेश राईको नेतृत्वमा सर्बसम्मत कमिटी चयन गरेको पार्टीका गाउँपालिका अध्यक्ष होम किरातीले बताए । उनका अनुसार अन्य वडाहरु १ नंं. बाँसबोटे, २ ताम्लिछा, ३ बाराहा र ५ जाँतेमा अधिवेशन सम्पन्न भएको जनाएका छन । 

५ नं. वडा जाँतेमा भने अध्यक्षका आकांक्षी आधा दर्जन बढी देखिएपछि नेतृत्व चयन हुन ढिला भइरहेको छ । गाउँपालिका कमिटी सदस्य दिनेश राईकाअनुसार त्यहाँ ८ जनाले अध्यक्षमा दाबी गरिरहेका छन् । अन्य गाउँपालिकाहरु उदयपुरगढीका ८ वडामध्ये ६ बाहेक सबैमा कमिटी सर्बसम्मत गठन भइसकेको छ । रौताका ८, ताप्लीका ५ वडामा पनि अधिवेशन चलिरहेको खबर प्राप्त भएको छ । कटारी नगरपालिकाका १४ मध्ये १३ वडाको अधिवेशन चलिरहेको र कमिटी चयनको नतिजा आउन बाँकी रहेको छ । चौदण्डीगढीका १० तथा बेलका नगरपालिकाका ९ वटा सबै वडामा अधिवेशन चलिरहेको छ । सबै नतिजा आज आउने अध्यक्ष कटुवालले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने