२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

कार्यकारीले गाउँपालिकाको खाता शून्य बनाएको अध्यक्षको आरोप

५ मंसिर २०७८, आईतवार ०८:४५

खड्क सुनार | मंसिर ५, मुगु | सोरु गाउँपालिकाका अध्यक्ष लोकबहादुर शाहीले प्रमुख प्रशासकीय अधिकृतले गाउँपालिकाको बजेट जथाभावी खर्च गरेका कारण खाता शून्य भएको आरोप लगाएका छन् । आर्थिक वर्ष ०७७/०७८ को बजेटको विभिन्न शीर्षकमा विनियोजित रकम प्रमुख प्रशासकीय अधिकृतले नियम विपरित बाँडेको र जसका कारण अहिले गाउँपालिकाको बै‌क खाता शून्य भएको उनले दाबी गरे । 

शिक्षा शाखा प्रमुख वीरेन्द्रबहादुर मल्ल सोरु गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा गाउँपालिको रकम  हिनामिना गरेको अध्यक्ष शाहीको आरोप छ । अध्यक्ष शाहीका अनुसार कार्यकारीले आर्थिक वर्ष ०७७/०७८ मा प्राप्त सशर्त अनुदान रकम (एक करोड  ७८ लाख तीन सय २९ रुपैयाँ) तोकिएको क्षेत्रभन्दा अन्य क्षेत्रमा खर्च गरेकाले गाउँपालिकामा कार्यरत अस्थाइ कर्मचारीले १८ र स्थाई कर्मचारी तीन महिनादेखि तलब समेत पाएका छैनन् । 

साथै, कोभिड नियन्त्रणका लागि विनियोजित एक करोड रुपैयाँको खर्च विवरण समेत सार्वजनिक नभएको, सामाजिक सुरक्षाभत्ता पनि वितरण नगरेको अध्यक्ष शाहीको आरोप छ ।

कर्णाली प्रदेश सरकारबाट मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सञ्चालित योजनाहरूको लागत अनुमान अनुसारको कुनै पनि योजना सम्पन्न नगरी पूर्ण रकम भुक्तानी गरेको, विभिन्न योजना तथा कार्यक्रममा उठेको ७० लाख कन्टिजेन्सी रकम कार्यपालिका बोर्ड बैठकको निर्णय, विधि तथा मापदण्ड विपरित दुरुपयोग गरेको प्रचलित कानुनविपरित विभिन्न व्यक्तिहरूलाई करिब दुई करोड ६० लाख पेस्की दिइ सो रकम फर्छ्यौटतर्फ कुनै पहल र प्रकृया सुरू नगरी गाउँपालिकालाई दीर्घकालीन दायित्व सृजना हुने गरी खरिद गरेको उनको भनाइ छ ।


एकातिर निर्वाचित जनप्रतिनधिले पाउनु पर्ने सेवासुविधा २४ लाख रुपैयाँ जनप्रतिनिधिले नपाएको विभिन्न पुराना योजनाका दुई करोड पाँच लाख रुपैयाँ भुक्तानी  हालसम्म नभएको र गाउँपालिकाका सबै खाता शून्य रहेको उनले बताए । अहिले खातामा जम्माा ५२ रुपैयाँ मौज्दात रहेको उनको भनाइ छ । मल्लले गाउँपालिकाको रकम नियमविपरित हिनामिना गरेको भन्दै तत्काल आवश्यक छानबिन तथा कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सामान्य प्रसासन मन्त्रालयमा लिखित पत्रचार गरिसकेको गाउँपालिका अध्यक्ष शाहीले जानकारी दिए । 

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रबहादुर मल्लले आफू कार्यकारी पदमा रहँदा गाउँपालिकाबाट भएका सबै खाले गतिविधि नियम, कार्यआदेशलगायत गाउँपालिका बैठकको निर्णयअनुसार भुक्तानी तथा खर्च गरेको बताए । जतिबेला आर्थिक समस्या परेको हुन्छ त्यतिबेला गाउँपालिकाका कर्मचारीलाई आरोप लगाइृ दु:ख दिने काम गरेको उनको भनाइ छ । नियमविपरित कुनै खाले आर्थिक हिनामिना आफूबाट नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान