१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा पौडेल खेमाको क्षेत्रीय नेतृत्वमा पकड

५ मंसिर २०७८, आईतवार ०८:५४

मङ्सिर ५, बागलुङ | नेपाली कांग्रेस बागलुङ प्रदेश निर्वाचन क्षेत्रको नेतृत्व छनौटमा वरिष्ठ नेता रामचन्द्र पौडेल खेमाको पकड देखिएको छ । चार वटा प्रदेश निर्वाचन क्षेत्र रहेको बागलुङमा पौडेल निकट नेतृत्वले तीन निर्वाचन क्षेत्रमा विजय हासिल गरेका छन् । सभापति शेरबहादुर देउवानिकट नेतृत्व एक क्षेत्रमा मात्रै विजयी भएका छन् ।

चारमध्ये एक निर्वाचन क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन भएको छ । तीन निर्वाचन क्षेत्रमा मतदानमार्फत नेतृत्वको छिनोफानो भएको पार्टी सभापति दिपेन्द्रबहादुर थापाले जानकारी दिए । 

निर्वाचन क्षेत्र नम्बर २ (क) मा गलकोटका तिलक घर्ती मगर निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत सरिता केसीले जानकारी दिइन । क्षेत्र नम्वर १ (ख) को सभापतिमा दलबहादुर श्रीस राना, क्षेत्र नम्वर २ (ख) को सभापतिमा मेषलाल शर्मा र क्षेत्र नम्बर १ (क) मा हरिबहादुर जिसीको प्यानल विजय भएको छ । नेतृत्व छनोटमा केन्द्रीय राजनीतिको गुटगत प्रभाव जिल्ला तहमा पनि देखिएको थियो ।

निर्वाचन क्षेत्र नम्बर १ (क) मा देउवा निकट मानिने पार्टी सभापति विजय भएका छन् । अन्य तीन क्षेत्रीय सभापतिमा पौडेल निकट मानिने नेतृत्व विजय भएका हुन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक