2026-07-11 08:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले महाधिवेशन : बाग्मतीबाट मात्रै साढे दुई लाख कार्यकर्ता चितवन उत्रँदै

2021-11-25

मंसिर ९, मकवानपुर, शिव चौलागाईं | १० मंसिरबाट चितवनमा हुन लागेको नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा बाग्मती प्रदेशका करिब दुई लाख ५० हजार जना सहभागी हुने भएका छन् ।

महाधिवेशनस्थलमा काठमाडौं उपत्यकाबाट ५५ हजार, काठमाडौं विशेषबाट ५० हजार, काभ्रेबाट १५ हजार, चितवनबाट ७५ हजार, मकवानपुरबाट ३५ हजार, नुवाकोटबाट आठ हजार, सिन्धुपाल्चोबाट आठ हजार, धादिङबाट १५ हजार, दोलखाबाट दुई हजार, रामेछापबाट दुई हजार, सिन्धुलीबाट १५ हजार र रसुवाबाट पाँच सय जनाको सहभागिता रहने एमाले बाग्मती प्रदेश कमिटीका अध्यक्ष आनन्द पोख्रेलले जानकारी दिए । 

महाधिवेशनमा देशभरबाट पाँच लाख उतार्ने तयारी रहेकोमा करिब आधा मानिस बागमती प्रदेशबाटै सहभागी हुने अध्यक्ष पोख्रेलले बताए । ‘बाग्मती प्रदेशका विभिन्न जिल्ला, काठमाडौं उपत्यकालगायतबाट साढे दुई लाखदेखि तीन जनासम्मको महाधिवेशन उद्घाटन समारोहमा सहभागिता रहनेछ ।’ अध्यक्ष पोख्रेलले भने, ‘देशभरबाट हुने सहभागीमध्ये बाग्मती प्रदेशबाट आधा मानिस आउँनेछन् ।' 

देशभरबाट दुई हजार नाै सय ९७ जना महाधिवेशन प्रतिनिधि चयन भएकोमा बाग्मती प्रदेशका तीन सय ३२ जना रहका छन् । यसमा मजदुर संगठनबाट पाँच जना, जिफन्टबाट ९६ जना, विद्यार्थीबाट पाँच जना, युवा संघबाट आठ जना, उपत्यका विशेषबाट पाँच जना, बाग्मती सम्पर्क मञ्चबाट ६ जना समेत रहनेछन् । 

महाधिवेशन कारण सार्वजनिक सवारीसाधन अभाव 

चितवनमा हुने राष्ट्रिय महाधिवेशनमा जानेहरूलाई ओसार्ना सार्वजनिक सवारीसाधन प्रयाेग भएपछि सर्वसाधारणले सवारीसाधनकाे अभाव महशुत गर्न थालेका छन् । देशभर जम्मा चार हजार बस, सुमोलगायतका सार्वजनिक सवारीसाधन रहेकाेमा ६ हजारभन्दा बढी सवारीसाधन चितवान पुग्ने अनुमान गरिएकाे छ । यसमा करिब दुई हजार वटा निजी सवारीसाधन हुने छन् । प्राय: सवारीसाधन महाधिवेशनका लागि एमालेले बुक गरेकाले अभाव भएको यातायात व्यवसायीहरूको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट