२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

ओलीको प्रश्न : शान्तिप्रक्रिया टुंग्याउन केले छेक्याे ?

२०७८, १० मंसिर शुक्रबार ११:२५

मंसिर १०, काठमाडाैं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा अझै सशस्त्र द्वन्द्वका घाउहरू रहेको बताएका छन्। दशौँ महाधिवेशनको उद्‍घाटन समारोहमा बोल्दै उनले शान्तिप्रक्रिया उचित ढंगले टुंग्याउनुपर्ने बताउँदै यस्ताे भनेका हुन्।

उनले प्रश्न गरे, ‘शान्तिप्रक्रिया टुंग्याउन केले छेक्यो ? अझै द्वन्द्वका घाउहरू छन्। शान्तिप्रक्रिया टुंग्याउन बाँकी छ। घाइतेहरूको उपचार किन हुँदैन। शान्तिप्रक्रिया किन टुंगो लाग्दैन। बहिर्गमित लडाकुको समस्या किन समाधान हुँदैन।’

द्वन्द्वका कारण हिजो घरबारविहीन भएकाहरूलाई रोजगारी दिन समेत उनले आग्रह गरे। पार्टीको महाधिवेशन सम्पन्न हुनेबित्तिकै पूर्वलडाकुको समस्या समाधानमा एमालेले काम गर्ने उनको भनाइ छ।  उनले भने , ‘दशौँ हजार लडाकु एमालेमा प्रवेश गर्दै हुनुहुन्छ।’

उनले हिजाे जनताले गरेकाे त्यागकाे सही सदुपयाेग नेतृत्वले गर्न नसकेकाे बताए। उनले भने ‘हिजो त्याग कसका लागि रहेछ। कसैलाई मेयर र मन्त्री बनाउन रहेछ। राजमार्ग त तपाईंहरूले बनाउनुभयो, तर त्यसको फाइदा लिनेहरू को भए देख्नुभएको छ। नेकपा एमाले पूर्वलडाकुहरूको पनि पार्टी हो भ्रममा नपर्नुस्।’शान्तिप्रक्रिया सही ढंगले टुंग्याउनुपर्ने उनको भनाइ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी