2026-08-31 10:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

एमालेमा उठ्यो वरिष्ठ उपाध्यक्ष पद खारेजीको विषय

मंसिर १२, चितवन | दशौं महाधिवेशनबाट सहमतिमा नेतृत्व चयन गर्न ‘सकस’ भएपछि नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष पद खारेज गर्नुपर्ने विषय उठेको छ। वरिष्ठ उपाध्यक्षमा कुरा नमिलेपछि उक्त पद नै खारेज गर्न सुझाव आएको हो। वरिष्ठ उपाध्यक्षमा नेताहरूले आ-आफ्नो अडान नछोडेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेता सुवास नेम्वाङले उक्त पद नै खारेज गर्न ओलीलाई सुझाव दिएका हुन्।

ओलीले ईश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाएर नेम्वाङलाई उपाध्यक्ष बनाउन चाहेका छन्। यसअघि एमालेले भविष्यमा प्राप्त गर्न सक्ने राष्ट्रपति, उपराष्ट्रपति, सभामुख जस्ता पदमा सिफारिस गर्ने गरी ओलीले नेम्वाङलाई मनाउने प्रयास गरेका थिए। तर, त्यसमा नेम्वाङ राजी भएका छैनन्। एमाले एक नेताका अनुसार नेम्वाङले पार्टीमा ओलीबाहेक अरूलाई नेता नमान्ने सन्देश ओलीलाई पठाएका छन्।

यदि आफूलाई उपाध्यक्षमा राख्ने भए वरिष्ठ उपाध्यक्ष पद खारेज गर्न सुझाव दिएको ती नेता बताउँछन्। वरिष्ठ उपाध्यक्ष बाहेक उपाध्यक्ष, महासचिव र सचिवका आकांक्षीहरु पनि धेरै भएकाले ओलीलाई पदाधिकारी चयनमा सहमति निकाल्न सकस भएको छ। ओलीले पदाधिकारीको टुंगो लगाउन आफू निकट चार नेतालाई जिम्मेवारी दिएका थिए।

विष्णु पौडेल, शंकर पोखरेल, पृथ्बीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीले कमिटीको खाका तयार पारेका छन्। उक्त खाका अध्यक्ष ओलीलाई बुझाइएको छ। ओलीले रुजु गरेर आजै साँझ बस्ने बन्दसत्रमा सुनाउने बताइएको छ। यता अध्यक्षका दाबेदार रहेका भीम रावले उक्त नामावली आफूले नमान्ने बताएका छन्। उनले निर्वाचनको माध्यमबाटै कमिटीको टुंगो लगाउनुपर्ने बताएको उनी निकट नेताहरूले बताएका छन्।

त्यसो नगरिए बन्दसत्र बहिष्कार गर्ने चेतावनीसमेत दिइएको बताइएको छ। यद्यपि ओलीले नेताहरूसँग छुट्टाछुट्टै र सामूहिक भेट गरेर मनाउने प्रयास गरिरहेका छन्। छलफलमा ओलीले सहमतिको वातावरणका लागि आग्रह गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने